काठमाडौं । काठमाडौं महानगरपालिकाले कानुनी सल्लाहकार नियुक्त गरेको छ । महानगरपालिकाको आईतबार बसेको नगर कार्यपालिका बैठकले अधिवक्ता ओमप्रकाश अर्याल लाई महानगरको कानुनी सल्लाहकारमा नियुक्त गरेको हो ।
आफूलाई महानगरले कानुनी सल्लाहकारको जिम्मेवारी दिएको तर सम्झौता हुन बाँकी रहेको अधिवक्ता अर्यालले जानकारी दिए । उनका अनुसार सुरुमा ६ महिनाका लागि सम्झौता हुनेछ ।