logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • नेप्से परिसूचक ३.७६ अंकले वृद्धि

    नेप्से परिसूचक ३.७६ अंकले वृद्धि

    12.7K
    Shares
    नेप्से परिसूचक ३.७६ अंकले वृद्धि

    काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमवार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ । पछिल्लो समय निरन्तर रुपमा शेयर बजारमा उत्तारचढाव आइरहेको छ । आईतवार ३३ अंकले गिरावट आएको नेप्से सोमवार ३.७६ अंकले वृद्धि भएर १९९३.०२ बिन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स १.७७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७५ अंकले बढेको छ ।

    सोमवार कारोबारमा आएका २२२ कम्पनीको ३४ लाख ४० हजार ९ सय कित्ता शेयर १ अर्ब २६ करोड ६६ लाख १९ हजार रुपैयाँ कारोबार भएको छ । आईतवारको तुलनामा सोमवार कारोबार रकम भने गिरावट आएको छ । सोमवार २ अर्ब ५ करोड ९७ लाख ३७ हजार १०३ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    नेप्सेका १३ उपसमूह मध्ये ८ वटा उपसमूहको सूचक सकारात्मक छ भने चार उपसमूहको परिसूचक नकारात्मक रहेको छ । जसमा सबैभन्दा बढी फाइनान्स उपसमूहको १.८९ प्रतिशत र होटल एण्ड टुरिजम उपसमूहको १.३२ अंकले बढेको छ । म्युचुअल फण्डको भने सबै भन्दा बढी १.१२ प्रतिशतले घटेको छ ।

    सोमवारको कारोबारमा विन लघुवित्तको शेयर मूल्य ७.४८ प्रतिशतले बढेको छ । रिलायन्स फाइनान्सको ६.६४ प्रतिशतले बढेको छ । तर यता रुरु हाइड्रो पावर कम्पनीको शेयर मूल्य भने ५.७० प्रतिशतले घटेको छ । सोमवार नेपाल टेलिकमको ११ करोड बराबरको कारोबार भएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend