logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • शेयर धितोकर्जामा रहेको १२ करोडको सीमा कायम राख्ने पक्षमा छैनौँः कार्यकारी निर्देशक श्रेष्ठ

    शेयर धितोकर्जामा रहेको १२ करोडको सीमा कायम राख्ने पक्षमा छैनौँः कार्यकारी निर्देशक श्रेष्ठ

    13K
    Shares
    शेयर धितोकर्जामा रहेको १२ करोडको सीमा कायम राख्ने पक्षमा छैनौँः कार्यकारी निर्देशक श्रेष्ठ

    काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.प्रकाश श्रेष्ठले शेयर धितोकर्जामा रहेको १२ करोडको सीमा कायम राख्ने पक्षमा नभएको बताएका छन् । सोमवार आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै निर्देशक श्रेष्ठले यस्तो बताएका हुन् ।

    उनले चालु आर्थिक वर्षको मौद्रिक नीतिले शेयर धितोकर्जामा कडाई गरेको तर ४/१२ करोडको सीमामा ४ करोड हटाएर १२ मात्रै कायम गरिएको बताए । डा.श्रेष्ठले गत वर्ष राष्ट्र बैंकलाई शेयर धितोकर्जामा ४/१२ भनेर ट्याग नै लागेकाले १२ करोडको सीमा पनि कायम राख्ने पक्षमा नभएको स्पष्ट पारे । उहाँले राष्ट्र बैंकको लागि शेयर मार्जिन ट्रेडिङमा ठूलो समस्या नभएको भन्दै शेयर मार्जिन ट्रेडिङमा विभिन्न स्टुमेण्टहरुको शुरुवात हुनुपर्ने बताए । उनले विधि, सेवनका नियमहरु भए राष्ट्र बैंकलाई निर्देशन जारी समस्या नभएको बताए ।

    उनले भने,‘राष्ट्र बैंकले शेयर बजारको लागि बैंकिङ कर्जालाई कडाई गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा स्पष्ट रुपमा भनेका छौं स्टक बोकरबाट मार्जिन ट्रेडिङ हुन थालेपछि अहिले राष्ट्र बैंकले गरेको युएनक्राई थियो । गत वर्ष राष्ट्र बैंकलाई शेयर धितोकर्जामा ४/१२ भनेर ट्याग नै बसेको छ । अहिले ४ हटेर १२ मात्रै रहेको छ । त्यो पनि राष्ट्र बैंक राखिराख्ने पक्षमा छैनौं । शेयर मार्जिन ट्रेडिङमा विभिन्न स्टुमेण्टहरुको शुरुवात हुनुपर्छ । राष्ट्र बैंकको शेयर मार्जिन ट्रेडिङमा ठूलो समस्या पनि छैन । प्रविधि,सेवनका नियमहरु भए बैंकलाई नियमावली जारी गर्न टाउँको हलुका बनाउने काम हुन्छ । शेयर बजार र बैंक लगानीका स्रोतहरु हुन । शेयर बैंकको कर्जा शुन्य गर्न सकिदैन । बैंकको कर्जा अन्य धेरै क्षेत्रहरुमा आवश्यक छ । शेयर कारोबारको लागि थोरै मात्रै बैंक कर्जा प्रयोग गरिदिए अन्य क्षेत्रलाई बैंक कर्जा उपलब्ध हुने थियो । अहिले उत्पादनका धेरै क्षेत्रहरुलाई कर्जाको खाँचो छ । समग्र पुँजीबजारको विकासको विषयमा राष्ट्र बैंक सकारात्मक रहेको छ ।’

    कार्यकारी निर्देशक श्रेष्ठले शेयर कारोबारको लागि बैंकको कर्जा शुन्य गर्न नसकिने बताए । उनले बैंकको कर्जा अन्य धेरै क्षेत्रहरुमा आवश्यक भएकाले शेयर कारोबारको लागि थोरै मात्रै बैंक कर्जा प्रयोग गर्दा अन्य क्षेत्रलाई बैंक कर्जा उपलब्ध गराउन सहज हुने बताए । उनले अहिले उत्पादनका धेरै क्षेत्रहरुलाई कर्जाको खाँचो भएको बताए । डा.श्रेष्ठले समग्र पुँजीबजारको विकासको लागि राष्ट्र बैंक सकारात्मक रहेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend