logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • “पुस्तकालय जिवन र जगतको बारेमा अध्ययन गर्ने थलो हो”

    नयाँ पुस्तामा पठनशैलीको विकास गर्न आवश्यक छ: मन्त्री अथक

    नयाँ पुस्तामा पठनशैलीको विकास गर्न आवश्यक छ: मन्त्री अथक

    11.7K
    Shares
    नयाँ पुस्तामा पठनशैलीको विकास गर्न आवश्यक छ: मन्त्री अथक

    कोहलपुर । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नयाँ पुस्तामा पठनशैलीको विकास गर्न अपरिहार्य रहेको बताएका छन् । १५ औं राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले बाँकेको कोहलपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अथकले उक्त कुरा बताएका हुन् ।

    पछिल्लो समय पुस्तकालयमा गएर पढ्ने संस्कृती हराउँदै गईरहेको प्रति दुःख ब्यक्त गर्दै मन्त्री अथकले पुस्तकालयलाई प्रविधिसँग जोडेर कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्ने तर्फ ध्यन केन्द्रित गर्नुपर्ने धारणा राखे । “पछिल्लो पुस्ता पुस्तक अध्ययनमा भन्दा बढि सामाजिक संजालमा रमाउन थालेका छन” मन्त्री अथकले भने, “आजको युगसँग पुस्तकालयलाई कसरी जोड्न सकिन्छ, त्यसतर्फ ध्यान दिनुपर्ने अवस्था आएको छ ।”

    पुस्तकालयलाई जिवन र जगतका बारेमा अध्ययन गर्ने थलोका रुपमा समेत बुभ्mन जरुरी रहेको उनले बताए । ज्ञानोदय सामुदायीक पुस्तकालयलाई थप ब्यवस्थित र सुदृढ गर्न आवश्यक रहेको जिकिर गर्दै मन्त्री अथकले थप भौतिक संरचना निर्माणकालागि स्रोत ब्यवस्थापनमा सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ । उहाँले कोहलपुरमा पुस्तकालय स्थापनाकालागि विगतमा भएका प्रयासहरुको समेत प्रशंसा गरे ।

    पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईको अध्यक्षमा भएको कार्यक्रममा विभिन्न क्षेत्रका ३ जना विशिष्ट ब्यक्तिहरुलाई सम्मान गरीएको थियो भने पुस्तकालय दिवसकै अवसरमा आयोजित खुल्ला कबिता प्रतियोगिताका बिजयीहरुलाई समेत पुरस्कृत गरीएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend