logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • ट्राफिक नियम उल्लंघन गरि फरार भएका ६३ जना चालक ट्राफिक प्रहरीको कारवाहीमा

    ट्राफिक नियम उल्लंघन गरि फरार भएका ६३ जना चालक ट्राफिक प्रहरीको कारवाहीमा

    17K
    Shares
    ट्राफिक नियम उल्लंघन गरि फरार भएका ६३ जना चालक ट्राफिक प्रहरीको कारवाहीमा

     

    काठमाडौं । विभिन्न ट्राफिक नियम उल्लंघन गरी फरार भएका ६३ ओटा दुईपाङ्गे सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । सि.सि.टि.भि मा कैद भएको भिडियोका आधारमा लेन उल्लंघनमा ३१ जना, एकतर्फी सडकमा सो विपरीत सवारी साधन चलाएका २३ जना र सवारी मोड्न निषेध गरेको स्थानमा सवारी साधन मोडेका ८ जना चालकलाई कारवाही गरिएको हो ।

    यससंगै, यात्रु लिन नमानेको कसुरमा १ जना चालकलाई पनि कारवाही गरिएको छ । भदौ १ गते देखी १४ गते सम्म काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लंघन गरेका ४ सय २० जना चालक मध्ये ट्राफिक प्रहरीले खोजि गरि ल्याएका आएका ९७ जना चालक मध्ये ६३ जनालाई कारवाही गरिएको हो ।

    अन्य चालकहरु हालसम्म ट्राफिक प्रहरीको सम्पर्कमा नआएकाले खोजि भईरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । सवारी नियम उल्लंघन गर्ने चालकलाई ट्राफिक प्रहरीले विगतमा गरिरहेको सि.सि.टि.भि फुटेजको आधारमा खोजि गरि गर्ने कारवाहीलाई थप तिब्रता दिदै अगाडी बढाईएको प्रवक्ता भट्टले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend