logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • पुस्तकप्रति नयाँ पुस्तामा रूची देखिएन: शिक्षामन्त्री

    पुस्तकप्रति नयाँ पुस्तामा रूची देखिएन: शिक्षामन्त्री

    14.9K
    Shares
    पुस्तकप्रति नयाँ पुस्तामा रूची देखिएन: शिक्षामन्त्री

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुस्तकप्रति नयाँ पुस्तामा रूची नदेखिएको बताएका छन् । पन्ध्रौ पुस्तकालय दिवसको अवसरमा बोल्दै मन्त्री पौडेलले नयाँ पुस्तामा पुस्तक पढ्ने रुची हराउँदै गएको बताएका हुन्।

    ‘अहिलेको पुस्तामा पुस्तक पढ्ने रूची हराउँदै गएको छ,’ शिक्षामन्त्री पौडेलले भने, ‘पुस्तक पढ्ने रूची हराउँदै जाँदा अध्ययन अनुसन्धान क्षेत्रमा कमजोर हुने अवस्था आयो ।’ पुस्तक एवम् पत्रपत्रिका पढ्ने हराउँदै गएको बताउँदै मोबाइलमा आउने शीर्षक हेरेर धारणा बनाइ हिड्ने चलन शुरु भएको बताए ।

    ‘लेखकले लेखेको कविता, उपन्यास र कथा पढ्ने तिर पछिल्लो पुस्तामा हराउँदै गयो,’ उनले भने,’ ‘त्यसले सामाजिक समवेदना र जिम्मेवारीबोध, संस्कार र संस्कृति हराउँदै गयो ।’ उनले आधुनिकिकरणको नाममा संस्कार र संस्कृति भुल्ने पुस्तकहरु पढ्ने, धारणा बनाउने जस्ता क्रियाकलापहरु कमजोर हुँदै गएको बताए ।

    यस वर्ष ‘पढौं, पढाऔं, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऊँ’ भन्ने नाराका साथ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १५औं पुस्तकालय दिवस मनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend