logo

२०७९ चैत्र १३ सोमबार

logo
  • सोमबार, १३ चैत्र २०७९
  • बाँकेकोमा पेस्तोल र बन्दुकसहित एक जना पक्राउ

    बाँकेकोमा पेस्तोल र बन्दुकसहित एक जना पक्राउ

    12.3K
    SHARES
    बाँकेकोमा पेस्तोल र बन्दुकसहित एक जना पक्राउ

     

    नेपालगन्ज । बाँके प्रहरीले नरैनापुरबाट पेस्तोल र लोडेड बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक वीर बहादुर सुनारको कमाण्डमा गएको टोलीले बुधबार बिहान साढे ८ बजे नरैनापुर गाउँपालिका वडा नम्बर १ बानियाँ गाउँबाट एक–एक थान कटुवा पेस्तोल र लोडेड भरुवा बन्दुक , १०० ग्राम बारुद ,सिसा र फलामको गोलीसहित एक छब्बीलाल केवटलाई पक्राउ गरेको इलाका प्रहरी भगवानपुरले जानकारी दिएको छ।

    इलाका प्रहरी कार्यालय भगवानपुरका अनुसार स्थानीय छब्बीलाल केवटको घरमा अवैध हातहतियार लुकाई राखिएको भन्ने गोप्य सूचनाका आधारमा गएको प्रहरी निरीक्षक सुनारको टोलीले घरमा खानतलासी गर्दा उक्त हतियारहरू बरामद गरेको हो।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend