logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • नेप्से परिसूचकमा १.०८ अंकको सामान्य गिरावट

    नेप्से परिसूचकमा १.०८ अंकको सामान्य गिरावट

    14.1K
    Shares

    काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीवार नेप्से परिसूचक झिनो अंकको गिरावट आएको छ । बुधवार २१ अंकभन्दा बढीले घटेको नेप्से बिहीवार १.०८ अंक घटेर १९७२.२९बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.६६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२२ अंक बढेको छ ।

    बिहीवार कारोबारमा आएका २२५ कम्पनीको ३९ लाख ५५ हजार कित्ता शेयर १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बुधवारको भन्दा कारोबार रकम थोरै अंकले बढेको छ । बुधवार १ अर्ब १२ करोड ६२ लाख १८ हजार ८६१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    नेप्सेका १३ उपसमूह मध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । जसमा विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक बढेको छ । बाँकी अन्य समूहको परिसूचक घटेको छ ।

    बिहीवार नेप्से ओरालो लागे पनि हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । अपर हेवाखोलाको शेयरमूल्य साढे ६ प्रतिशत बढेको छ । तर राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन र गणपति लघुवित्तको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ । आज नेपाल टेलिकमको १२ करोड २७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend