logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • साताको अन्तिम शेयर बजारमा सामान्य गिरावट, ७० करोडको कारोबार

    साताको अन्तिम शेयर बजारमा सामान्य गिरावट, ७० करोडको कारोबार

    12.6K
    Shares

    काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार शेयर बजारमा सामान्य गिरावट भएको छ । शुक्रबार बजार परिसूचक नेप्से १.६७ अंक ९०.०८ प्रतिशत ले गिरावट भएर १९७०.६२ अंकमा बन्द भएको छ । शुक्रबार हाइड्रोपावर, लघुवित्त र अन्य उपसूचकमा समान्य वृद्धि भएको छ । त्यसबाहेकका सबै उपसूचक घटेको छ । आइतबारदेखि बिहीबारसम्म दैनिक ४ घण्टा कारोबार हुने बजारमा शुक्रबार भने दुई घण्टा मात्रै कारोबार हुँदै आएको छ ।

    बिहीबार १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार १६२ रुपैयाँ बराबरको कारोबार भएको बजारमा शुक्रबार करिब ७० करोडको कारोबार भएको छ । शुक्रबार नेप्सेमा १८ लाख १ हजार २७३ कित्ता सेयर किनबेच हुँदा ६९ करोड ८८ लाख ५ हजार ९५१ रुपैयाँको कारोबार भएको छ । जसमध्ये नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक १० करोड ४ लाख ९८ हजारको कारोबार हुँदा नबिल बैंकको ४ करोड ३७ लाख ३ हजारको कारोबार भएको छ ।

    शुक्रबार नेप्सेमा १८७ कम्पनीको सेयर किनबेच भएकोमा ९७ कम्पनीको सेयर मूल्य घटेको छ । ७३ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १७ कमपनीको भने स्थिर छ । शुक्रबार कारोबार सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य ९.८० प्रतिशतले वृद्धि हुँदा रुरु जलविद्युत् कम्पनीको ९.६७ प्रतिशत र सामुदायिक लघुवित्तको सेयर मूल्य ७.६१ प्रतिशतले बढेको छ । यता सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को इकाइ मूल्य ६.१६ प्रतिशतले गिरावट हुँदा बुद्धभूमि हाइड्रोपावरको ४.१० प्रतिशतले गिरावट भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend