logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मनायो पाँचौं वार्षिकोत्सव

    रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मनायो पाँचौं वार्षिकोत्सव

    14.2K
    Shares

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी छैटौँ वर्षमा प्रवेश गरेको छ । २०७४ साल भदौ १५ गते स्थापना भएको उक्त कम्पनीले शुक्रबार दोलखा सदरमुकाम चरिकोटमा एक कार्यक्रम गरी आफ्नो पाँचौ वार्षिक उत्सव मनाएको हो ।

    कम्पनीले पाँच वर्षको अवधीमा जीवन विमा सम्बन्धी १७ प्रकारका योजना अन्तर्गत ५० लाख भन्दा बढी विमालेख विक्रि गरिएको कम्पनीका दोलखा शाखाका प्रमुख विष्णु लुईंटेलले जानकारी दिए ।उनका अनुसार दोलखा जिल्लामा मात्रै गत असार मसान्तसम्म झण्डै २ हजार ५ सय विमालेख विक्रि भएका छन् ।

    कम्पनीका सल्लाहाकार दिनेश शिवाकोटीले कम्पनीलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने व्यक्ति तथा संस्था, बीमित, अभिकर्ता, नियामक निकाय, बीमा समिति, शेयरधनी, अभिकर्ता, कर्मचारी लगायतलाई धन्यवाद दिएका छन् ।

    हालको चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले देशभर १ सय ८ स्थानबाट जीवन बिमा सेवा प्रदान गर्दै आएको छ । चालु आर्थिक वर्षमा पनि थप शाखा विस्तार गरी विमा सेवालाई सर्वसुलभ बनाउने आफुहरुको लक्ष्य रहेको कम्पनीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend