काठमाडौं । टीका शिवाकोटीको आवाज र अभिनयमा प्राण रानी गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ।
व्यवसायी तथा उद्यमी समेत रहेका सिवाकोटीको आफ्नै स्वर तथा अभिनय रहेको आधुनिक गीति एल्बम तथा म्युजिक भिडिओ प्राण रानी शुक्रवार सार्वजनिक भएको हो।
थुप्रै म्युजिक भिडीओमा अभिनय गरीसकेका सिकाकोटीको प्राण रानीमा ओमकार अधिकारीको शब्द रचना तथा वरिष्ठ संगीतकार भानुभक्त ढकालले संगीत दिएका छन् ।
संगीता शिवाकोटी अफिसियल युट्युब च्यानलले बजारमा ल्याएको म्युजिक भिडिओमा टीका शिवकोटी, ऋचा थापाको अभिनय छ भने अनुकल्प राज शिवकोटी बाल कलाकारका रुपमा आएका छन् । गीतमा आफ्नो प्रेम कहानी छोरालाई सुनाएको दृष्य छ ।
टेकेन्द्र शाहले निर्देशन गरेको म्युजिक भिडिओ शुक्रबारदेखि सार्वजनिक भएको छ ।
हेर्नुहोस् प्राण रानी गीतको म्युजिक भिडियो
Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend