काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङले कर्मचारीले मुस्कान सहितको सेवा दिनुपर्ने बताएका छन् । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा जिल्ला कार्यसमिति पर्वत द्वारा आयोजना गरिएको मोदिवेणी बृद्धाश्रमका ज्येष्ठ नागरिकहरुलाइ खाध्यान्न वितरण एवम स्वास्थ्य परिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले मुस्कान सहितको सेवाले नै देशमा सुशासन दिगो हुन सक्ने बताए ।
उनले नेपाली कांग्रेसको शुभेच्छुक संस्था निजामती कर्मचारी युनियन रहेको र सो युनियनमा आवद्ध कर्मचारीहरुले जनताको काम फास्ट ट्र्याकमा गरिरहेको बताए । पुन्यभुमी मोदिवेणीमा जेष्ठ नागरिकहरुका लागि खाध्यान्न वितरण जस्तो पुण्यको कार्यमा सम्लग्न गराएकोमा पनि उनले खुशी व्यक्त गरे ।