logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • इन्द्रचोक र असन वरपरका पसल हटाउन महानगरको २४ घण्टे अल्टिमेटम

    इन्द्रचोक र असन वरपरका पसल हटाउन महानगरको २४ घण्टे अल्टिमेटम

    8.7K
    Shares

    काठमाडौं । काठमाडौं महानगरपालिकाले मन्दिर तथा सम्पदा क्षेत्रमा अवैध रुपमा सञ्चालन भइरहेको पसल हटाउने अभियान सुरु गरेको छ । महानगरले इन्द्रचोक र असनका मन्दिर क्षेत्रमा सञ्चालन भइरहेका पसल हटाउन २४ घण्टे अल्टिमेटम दिएको छ ।

    मापदण्ड विपरीत अनधिकृत रुपमा राखिएका डिजिटल होर्डिङ बोर्ड हटाइरहेको महानगरले सम्पदा तथा मन्दिर क्षेत्र ओगटेर सञ्चालन भइरहेका पसल हटाउने भएको हो । काठमाडौं महानगरपालिका २५ नम्बर वडा कार्यालयले एक सूचना जारी गर्दै इन्द्रचोकस्थित सन्तानेश्वर महादेव मन्दिर वरिपरिको खास्तो व्यापार, भेडा स्थित श्री भवानी शंकर मन्दिर क्षेत्रमा नौदेबल माटोको भाँडा कुँडा को लगायत अन्य व्यापार व्यवसाय हटाउन निर्देशन दिएको हो ।

    वडा नम्बर २५ अध्यक्ष राजेश शाक्यका अनुसार असनस्थित ट्रान्सफर्मर मुनि, उमा शंकर मन्दिरको दायाँ बायाँ दूध डेरीमा रहेका पसलहरु हटाउन निर्देशन दिएको हो । २४ घण्टा समय दिएर हामीले काठमाडौंको सौन्दर्यता, पर्यटन र ऐतिहासिक वस्तुलाई असर पर्ने व्यवसायहरु हटाउन निर्देशन दिएका उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend