काठमाडौं । काठमाडौं महानगरपालिकाले अनधिृकत रुपमा निर्माण गरिएका संरचना हटाउने कार्यलाई निरन्तरता दिएको छ । सोहि अन्तर्गत महानगरले आज कोटेश्वरका अनधिकृत संरचना हटाएको छ ।
कोटेश्वर पूर्वी क्षेत्रको गाडीका काउन्टरहरु रहेको स्थानमा फुटापथ मिचेर राखिएका होर्डिङ बोर्ड, होटल लगायतका संरचनाहरु हटाउने काम भइरहेको महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।
नगरप्रहरीले अहिले धमाधम फुटपाथ मिचेर बनाइएको संरचना, बोर्ड हटाइरहेको उनले बताए । केही बेरमा अनधिकृत रुपमा निर्माण भएका टहराहरु पनि हटाइने उनको भनाई छ ।