logo

२०८० चैत्र ६ मंगलबार

logo
  • मंगलबार, ६ चैत्र २०८०
  • विद्यार्थी सुरक्षा चेकिङः अन्तरगत ८२ जना बिद्यार्थी चालकहरू ट्राफिक प्रहरीको कारवाहीमा

    विद्यार्थी सुरक्षा चेकिङः अन्तरगत ८२ जना बिद्यार्थी चालकहरू ट्राफिक प्रहरीको कारवाहीमा

    14.6K
    Shares
    विद्यार्थी सुरक्षा चेकिङः अन्तरगत ८२ जना बिद्यार्थी चालकहरू ट्राफिक प्रहरीको कारवाहीमा

     

    काठमाडौं । स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तरगत आज ८२ जना बिद्यार्थी चालकहरूलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

    काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका ५१ जना, सवारी चालक अनुमति पत्र प्राप्त नगरेका २४ जना, नम्बर प्लेट दुरुस्त नभएका ४ जना, तीन जना राखी मोटरसाईकल चलाउदै गरेका १ जना, तीव्र गतिमा जिग ज्याक चलाउने १ जना, हेल्मेट नलगाएका १ जना गरि ८२ जना विद्यार्थी चालकलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरी उपरिक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिनु भएको छ ।

    साउन ३० गतेबाट शुरू भएको स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अभियानमा हाल सम्म ‍१ हजार १६५ जना विद्यार्थी चालकलाई ट्राफिक प्रहरीले विभिन्न कसुरमा कारवाही गरिसकेको छ ।

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend