logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • थप २३० जनामा कोरोना भाइरस संक्रमण

    थप २३० जनामा कोरोना भाइरस संक्रमण

    13.3K
    Shares
    थप २३० जनामा कोरोना भाइरस संक्रमण

     

    काठमाडौँ । नेपालमा थप २३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता सञ्जयकुमार ठाकुरले ३ हजार ८३६ नमुना परीक्षणमा २३० जनामा कोरोना पोजिटिभ देखिएको जानकारी दिएका हुन् ।

    उनका अनुसार १ हजार ९५६ पीसीआर परीक्षणमा १२८ र १ हजार ८८० एन्टिजेन परीक्षणमा १०२ जना संक्रमण पुष्टि भएको हो ।

    प्रवक्ता ठाकुरले नेपालमा कोभिड १९ को जोखिम कायमै रहेको भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह पनि गरे । २४ घण्टामा ७८ जनामात्रै निको भएको उनले बताए । बुधबारसम्म सक्रिय संक्रमितको संख्या २ हजार ५०५ रहेको छ ।

    २४ घण्टामा १ लाख ६५ हजार २०६ जनाले खोप लगाएका छन् । नेपालमा हालसम्म ११ लाख ४९ हजार ५२६ जना कोभिड १९ बाट संक्रमित भएको र १२ हजार ९ जनाको मृत्यु भएको प्रवक्ता ठाकुरले जनाए । उनले कोरोनाका गम्भीर बिरामी भई सघन उपचार कक्षमा भर्ना हुनेक्रम पनि नरोकिएको बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend