logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • आइएसएमटी कलेजका विद्यार्थीद्धारा ‘फुड वन्डर्स इभेन्टिया’ भब्य रुपमा सम्पन्न

    आइएसएमटी कलेजका विद्यार्थीद्धारा ‘फुड वन्डर्स इभेन्टिया’ भब्य रुपमा सम्पन्न

    15.9K
    Shares
    आइएसएमटी कलेजका विद्यार्थीद्धारा ‘फुड वन्डर्स इभेन्टिया’ भब्य रुपमा सम्पन्न

     

    काठमाडौं । नेपालमा नै बिदेशी डिग्री दिने आइएसएमटी कलेज काठमाडौंमा इन्टरनेशनल टुरिजम एण्ड हस्पिटल म्यानेजमेन्ट अध्यन गरीरहेका विद्यार्थीले ‘फुड वन्डर्स इभेन्टिया’को भब्य रुपमा सम्पन्न गरेका छन् । आइएसएमटी कलेजमा बिएचएमको तेस्रो सेमेस्टर अध्ययन गरिरहेका विद्यार्थीले बुधबार कोर्ष अन्तर्गत अनिवार्य रुपमा प्राक्टिकल गर्नुपर्ने इभेन्टको आयोजना गरेका हुन् ।

    इभेन्टलाई कसरी म्यानेजनेट गर्ने भन्ने बिषयमा ज्ञान संगै विभिन्न किसिमका दुई दर्जन बढी खानाका परिकारहरु, स्टेज कार्यक्रम राखेर इभेन्टको आयोजना, जिम्मेवारीको बाँडफाँड, व्यवस्थापन र सञ्चालनको पाटोलाई स्वयं विद्यार्थीले नेतृत्व गरेर व्यवहारीक प्रयोग गरेका हुन्।

    अध्यनको क्रममा सुरुको दुई बर्ष अनिवार्य रुपमा दुई वटा इभेन्ट होस्ट गर्नुपर्ने गर्नुपर्छ त्यसको पहिलो इभेन्ट गरेका हौँ इभेन्ट म्यानेजमेन्ट बिषय समेत भएकोले किचेन बेभरेज भन्दा बाहिर यो हो बिर्ट्रीस एजुकेशन अनुसारको कोर्ष भएकोले अनिवार्य गर्नुपर्ने बाध्यता भएको इन्टरनेशनल टुरिजम एण्ड हस्पिटल म्यानेजमेन्ट अध्यन गरीरहेका बिद्यार्थी प्रलय धितालले बताए।

    इभेन्ट विद्यार्थीको प्रयोगात्मक अभ्यासको पाटो भएकाले योजना निर्माण गरेर जिम्मेवारी बाँडफाँड गरेदेखि नै विद्यार्थीको मूल्यांकन शुरु हुने शिक्षक केसीले बताए । उनका अनुसार प्रत्येक विद्यार्थीले इभेन्टमा कसरी आफ्नो भूमिका निर्वाह गरिरहेको छ भन्ने कुराको व्यवहारबाट नै मूल्यांकन गरिन्छ ।

    इभेन्टमा विद्यार्थीहरुलाई वित्त, बजार, स्रोत व्यवस्थापन, सेवा र प्रोडक्सन समूहमा बिभाजन गरिएको छ । जहाँ रहेर विद्यार्थीहरुले आफ्नो क्षेत्रमा पर्ने वेलकम, टिकेटिङ, विभिन्न सामाग्रिहरुको व्यवस्थापन, कुकिङ, सर्भिस र रनरको भूमिका निर्वाह गरिरहेका छन् । जसले गर्दा सहभागी वा दर्शकको लागि कलेजको कुनै प्रयोगात्मक अभ्यास नभएर वास्तविक इभेन्ट जस्तो देखिएको थियो ।

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend