logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • भारतलाई हराउँदै साफ यू–१७ मा नेपाल समुह विजेता

    भारतलाई हराउँदै साफ यू–१७ मा नेपाल समुह विजेता

    22.2K
    Shares
    भारतलाई हराउँदै साफ यू–१७ मा नेपाल समुह विजेता

     

    काठमाडौं । श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपको समूह चरणको शुक्रवार साँझ सम्पन्न खेलमा नेपालले भारतलाई ३–१ गोल अन्तरले पराजित गरेको छ।

    यो खेलमा नेपालले पहिलो गोल खाए पनि त्यसपछि लगातार तीन गोल गर्दै समुह बीको विजेता बन्न सफल भएको हो । नेपालले यसअघि पहिलो खेलमा भुटानलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

    शुक्रवारको खेलमा भारतविरुद्ध दोस्रो हाफको सुरुवातमै नेपालले अग्रता बनाएको थियो । श्रीलंकाको कोलम्बोमा जारी खेलको पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो । तर, खेलको ४९औं मिनेटमा युनेश बुढाथोकीले नेपाललाई २-१ को अग्रता दिलाए ।

    त्यसअघि खेलको २५औं मिनेटमा ड्यानी मेइटिइले गरेको गोलबाट भारतले अग्रता बनाएको थियो । तर, पहिलो हाफको अन्तिम मिनेटमा सरोज दर्लामीमगरले गोल गर्दै नेपाललाई खेलमा फर्काएका थिए । सरोजले करिव १८ यार्ड बक्स बाहिरबाट उत्कृष्ट बली गोल गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend