logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

    बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

    11.5K
    Shares
    बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

     

    खजुरा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँके जिल्लाको राप्तीसोनारी–९ ढकेरीस्थित झिंझरी पुलमा शुक्रबार साँझ बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

    पूर्वतर्फ जाँदै गरेको भे१ख १९२५ नंको बस र अगैयाबाट कोहलपुरतर्फ जाँदै गरेको भे७प ५४५० नंको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक खड्कविक्रम श्रेष्ठको मृत्यु भएको छ ।

    मोटरसाइकल चालक राप्तीसोनारी–३ भवनीयापुर निवासी श्रेष्ठको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

    प्रहरीका अनुसार दुर्घटनामा मोटसाइकलमा सवार अर्का सावित्रा थारू गम्भीर घाइते भएका छन् । उहाँको अस्पतालमा उपचार भइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend