logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • सर्लाहीमा जङ्गली हात्तीले घर भत्कायो

    सर्लाहीमा जङ्गली हात्तीले घर भत्कायो

    17.1K
    Shares
    सर्लाहीमा जङ्गली हात्तीले घर भत्कायो

    सर्लाही । सर्लाहीमा जङ्गली हात्तीले दुईवटा घर भत्काएको छ । जङ्गली हात्तीले गए राति हरिवन नगरपालिका–५ महतो टोलमा शङ्कर महतो र प्रकाश महतोको घर भत्काएको हो ।

    हात्ती धपाउन कर्मचारी परिचालन गरिएको डिभिजन वन कार्यालयका प्रमुख मन्जुर अहमदले जानकारी दिए । हात्तीले घर भत्काएर घरभित्र रहेका अन्नपात खाएर क्षति पुर्याएको छ । बस्तीमै हात्ती आएर क्षति पु¥याउन थालेपछि त्यस क्षेत्रका स्थानीय त्रसित बनेका छन् ।

    हात्तीका कारण स्थानीयवासी जङ्गलमा घाँस दाउराका लागि जान समेत सकेका छैनन् । स्थानीयवासी र प्रहरीको सहयोगमा हात्तीलाई जङ्गलतर्फ धपाइएको छ । -रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend