logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • यु–२०ः नेपाल र भुटान भिड्दै

    यु–२०ः नेपाल र भुटान भिड्दै

    20.4K
    Shares
    यु–२०ः नेपाल र भुटान भिड्दै

     

    काठमाडौं । अर्को वर्ष उज्वेकिस्तानमा हुने एएफसी यु–२० एशियन कपको छनोटका लागि नेपाली युवा टिम बहाराइनमा छ । खेल आज राति ८ः४५ बजे शुरु हुनेछ । भुटान, बंगलादेश र कतारसँगै समूह ‘बी’मा परेको बहराइनले नेपाललाई प्रतियोगिताको आतिथ्यता प्रदान गरेको हो ।

    गत जुलाईमा भारतमा भएको साफ यु २० च्याम्पियनसिपमा फाइनल यात्रा तय गर्न असफल रहेको नेपाली युवा टिम अर्को वर्षका लागि उज्वेकिस्तानको टिकट काट्ने लक्ष्यमा छ । शनिवारदेखि शुरु हुने छनोटको पहिलो खेलमा दक्षिण एशियाली प्रतिष्पर्धी भुटानसँग खेल्नुअघिको पत्रकार सम्मेलनमा बौल्दै मुख्य प्रशिक्षक मेघराज केसीले तयारी राम्रो भएको सुनाए । उनले भने, ‘हामीले तीन महिनादेखि तयारी गरिरहेका छौं । त्यसबीचमा हामीले साफ च्याम्पियनसिप खेल्यौं, त्यसैले एएफसी यु १७ एशिया कपका लागि पनि हाम्रो तयारी राम्रो छ ।’

    खुल्ला छनोटबाट तयार पारेको टिम लिएर साफ च्याम्पियनसिप खेल्न भारत पुग्नुभएका प्रशिक्षक केसीले बहराइन आएको टिममा ६ परिवर्तन गर्नुभएको छ । साफ च्याम्पियनसिपपछि केही खेलाडी थपेर बन्द प्रशिक्षण शुरु गरेका प्रशिक्षक केसीले उनेश चौधरीको स्थानमा गोलकिपर टोपबहादुर रानालाई स्थान दिएका छन् । यस्तै डिफेन्स लाइनमा तीन र मिडफिल्डका दुई खेलाडी परिवर्तन गरी प्रशिक्षक केसीले स्यान्सु भुसाल, राज थोकर, जान ताम्ली, राकेश विश्वकर्मा र सञ्जीव लामालाई समेटेका छन् ।

    नेपाली टिम प्रतियोगिताका लागि बिहीवार मात्रै बहाराइन पुगेको थियो । यद्यपि, पाएको सयमको भरपुर सदुपयोग गरेर राम्रो तयारी गरेकाले नेपाल एशियन कपमा छनोटमा हुनेमा प्रशिक्षक आशावादी छन्। शनिवार भुटानबिरुद्धको खेलको दुई दिनपछि नेपालले सोमवार कतारसँग खेल्ने छ । यस्तै, बुधवार बहराइनसँग र अर्को आईतवार बंगलादेशसँग खेल्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend