logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • चोलेन्द्रले बयानमा भ्रष्टाचार प्रकरणमा मुछे केपी ओली र विष्णु पौडेललाई

    चोलेन्द्रले बयानमा भ्रष्टाचार प्रकरणमा मुछे केपी ओली र विष्णु पौडेललाई

    23.3K
    Shares
    चोलेन्द्रले बयानमा भ्रष्टाचार प्रकरणमा मुछे केपी ओली र विष्णु पौडेललाई

     

    काठमाडौं । महाअभियोग सिफारिस समितिमा बयान दिइरहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग महाभियोग सिफारिस समितिले ३५ वटा प्रश्न सोधेको छ । समितिका सदस्य मीन विश्वकर्माका अनुसार आइतबार १२ देखि ३५ नम्बर प्रश्नको जवाफ राणाले दिएका छन् ।

    महाअभियोग सिफारिस समितिमा बयान दिने क्रममा राणाले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व अर्थमन्त्री विष्णु पौडेललाई समेत भ्रष्टाचार प्रकरणमा मुछेका छन् ।

    विश्वकर्माका अनुसार सर्वोच्चको भवन ठेक्का सदरबारे प्रश्न सोधिएको थियो । बयानका क्रममा जबराले त्यसलाई स्वीकार गरेका छन् ।

    रजिष्टारले गर्ने भए पनि कार्यालय प्रमुख भनिएकाले आफूले गरेको भन्दै उनले भनेका छन्, ‘तत्कालीन प्रधानमन्त्री (केपी शर्मा ओली) र अर्थमन्त्री (विष्णु पौडेल) ले सहयोग पनि गर्नु भएको छ । तत्कालीन अर्थमन्त्री यहीँ हुनुहुन्छ, उहाँले सहयोग गरेका कारण सफल भएको हुँ ।’

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend