logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • वडास्तरबाटै ल्याउँछौं समाजवादः मुख्यमन्त्री पाण्डे

    वडास्तरबाटै ल्याउँछौं समाजवादः मुख्यमन्त्री पाण्डे

    16.1K
    Shares
    वडास्तरबाटै ल्याउँछौं समाजवादः मुख्यमन्त्री पाण्डे

    हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले वडास्तरबाटै जनताको जीवनस्तरमा सुधार ल्याएर समाजवादको शुरुआत गरिने बताएका छन् । योजना आयोग बागमती प्रदेशको मानव विकास प्रतिवेदन लोकार्पण कार्यक्रममा उनले देशमा समाजवाद ल्याउन वडास्तरमा समाजवाद स्थापना हुनुपर्ने बताए ।

    मुख्यमन्त्री पाण्डेले भने, “बागमती प्रदेशका एक सय १९ वटा वडामा समाजवादी वडा कार्यक्रम ल्याउन लागिएको छ । शिक्षा, स्वास्थ्य र रोजगारीबाट वञ्चित समुदाय रहेका वडा छनोट गरेर नयाँ कार्यक्रम बनाइनेछ ।” उनले आदर्शवान व्यक्तित्व निर्माणको लागि रोजगारीको व्यवस्था गरिनुपर्ने र उक्त कार्यको लागि प्रदेश सरकारले काम गरिरहेको बताए ।

    सीपयुक्त जनशक्ति उत्पादन गरेर देश विकास गर्न, अर्थतन्त्र बलियो बनाउन र बाहिर सीपयुक्त जनशक्ति पठाएर धेरै रकम भित्राउन सकिने भएकाले सीप सिकाउनका लागि रु १५ करोड बजेट विनियोजन गरिएको मुख्यमन्त्री पाण्डेले बताए ।

    मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपती डा. विश्वराज जोशीले मानव विकास भनेको भौतिक पूर्वाधार विकास मात्र नरहेको बताए । उनले उत्पादन र वितरणलाई विशेष ध्यान दिएर अर्थतन्त्र बलियो बनाउनुपर्नेमा जोड दिए । मकवानपुरगढी गाउँपालिका उपप्रमुख मानकुमारी पाख्रिनले गाउँमा सस्तो मूल्यमा जगा किनेर छोड्नेको सङ्ख्या बढेकाले पनि जमिन बाँझो भएर उत्पादनमा कमी आएको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend