logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • जब राजा घोषणा गर्ने समारोहमा चार्ल्स तृतीय ‘रिसाए’

    जब राजा घोषणा गर्ने समारोहमा चार्ल्स तृतीय ‘रिसाए’

    17.5K
    Shares
    जब राजा घोषणा गर्ने समारोहमा चार्ल्स तृतीय ‘रिसाए’

    लन्डन । नयाँ राजालाई आधिकारिक रूपमा राजा घोषणा गर्ने समारोहमा शाही सहयोगीसँग  ‘रिसाएको’ राजा चार्ल्स तृतीयको भिडियो इन्टरनेटमा भाइरल भएको छ ।

    बिहीबार महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि, एक्सेन्सन काउन्सिलले शनिबार राजा चार्ल्सलाई आधिकारिक उत्तराधिकारी घोषणा ग¥यो । यद्यपि, उत्तराधिकारी  घोषणामा हस्ताक्षर गर्नुअघि राजाले कागजातहरूमा आफ्नो नाम लेख्नअघि डेस्क खाली गर्न सहयोगीलाई रिसाउँदै इसारा गरेका थिए ।

    क्लिपमा राजा चार्ल्स सानो डेस्कमा पेन बक्स र मसी दुवै भएकोमा निराश देखिन्थे । उनले सहयोगीलाई डेस्क खाली गरेर सामानहरु पुनः व्यवस्थित गर्न  इशारा गरेका थिए । कागजातहरू राखेपछि  राजा चार्ल्सले फेरि एक सहयोगीलाई टेबुलबाट पेन बक्स हटाउन संकेत गरेका थिए । त्यसपछि उनले एतिहासिक दस्तावेजमा हस्ताक्षर गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend