logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • खेलकुदमन्त्री गहतराज बाँके–१ बाट उम्मेदवार सिफारिस

    खेलकुदमन्त्री गहतराज बाँके–१ बाट उम्मेदवार सिफारिस

    7.6K
    Shares
    खेलकुदमन्त्री गहतराज बाँके–१ बाट उम्मेदवार सिफारिस

    बाँके । आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज बाँके निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवार सिफारिस भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्रतिनिधिसभाको उम्मेदवारमा मन्त्री गहतराजसँगै सात जनाको नाम सिफारिस गरेको पार्टीका जिल्ला संयोजक डम्बर विकले जानकारी दिए ।

    उनका अनुसार मन्त्री गहतराजसँगै लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी नेताहरु नरेन्द्र न्यौपाने, नरबहादुर केसी, प्रकाश सुवेदी, ओमप्रकाश केसी र अशोक रोकायको नाम सिफारिस भएको छ ।

    मन्त्री गहतराजले विसं २०७४ को निर्वाचनमा यही क्षेत्रबाट नेकपा (एमाले) सँगको गठबन्धनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । उनले दोस्रोपटक यही क्षेत्रबाट उम्मेदवारको आकाङ्क्षा देखाएका छन् । गत निर्वाचनमा प्रदेशसभातर्फ प्रत्यक्ष निर्वाचित हुनुभएकी कृष्णा पनि यसपटक प्रतिनिधिसभामा आकाङ्क्षी हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend