logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • झापामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

    झापामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

    9.9K
    Shares
    झापामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

     

    विराटनगर । झापाको भद्रपुर नगरपालिका–२ को देउनियामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । झापाको पृथ्वीनगरबाट भद्रपुर तर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३६५९ नम्बरको ट्रकले पैदल यात्री स्थानीय ३५ वर्षीया तुलसा खवास लामा र उनको २ बर्षीया छोरी रुक्सना लामालाई ठक्कर दिएको थियो ।

    पैदलयात्रीलाई ठक्कर दिएको ट्रक अनियन्त्रित भई पुलबाट खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका आमा छोरी र ट्रकका सहचालक बिर्तामोड–२ झापाका २४ वर्षीय अनिल हस्दा र ५२ वर्षीय बुद्धलाल राजवंशीलाई उपचारको लागी प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    उपचारको क्रममा तुलसा खवासको मृत्यु भएको हो । ट्रक चालक पाँचथर हिलिहाङ–६ का योगेश सिटौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend