logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • मेयर बालेन शाहको पत्रपछि ८४ लाख राजश्व संकलन

    मेयर बालेन शाहको पत्रपछि ८४ लाख राजश्व संकलन

    18.3K
    Shares
    मेयर बालेन शाहको पत्रपछि ८४ लाख राजश्व संकलन

     

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा भएको पत्राचारपछि राजश्व जम्मा हुन थालेको छ। लामो समयदेखि मनोरञ्जन कर नतिर्ने कम्पनीहरुलाई महानगरले अल्टिमेटमसहित कर तिर्न पत्राचार गरेपछि ८४ लाख रुपैयाँ कर संकलन भएको हो ।

    महानगरपालिकाका अनुसार भदौ १५ देखि २३ गतेसम्मको अवधिमा ८४ लाख ३४ हजार ९३१ रुपैयाँ कर संकलन भएको छ ।

    सबैभन्दा धेरै कर बुझाउनेमा डेल्टिन क्यासिनो होटल म्यारिट–एक रहेको छ। उक्त क्यासिनोले २१ लाख ४२ हजार ३४ रूपैयाँ बुझाएको हो। दोस्रोमा काठमाडौं फनपार्कले १७ लाख ३६ हजार ११ रुपैयाँ राजस्व बुझाएको छ।

    त्यस्तै तेस्रोमा सबैभन्दा धेरै राजस्व बुझाउने मल्ल होटलको बेलिज क्यासिनोले रहेको छ। उक्त क्यासिनोले १३ लाख ८८ हजार ३ सय ६३ रुपैयाँ राजश्व बुझाएको छ।

    यस्तै क्यासिनो प्यालेस अन्नपूर्ण होटल होटल(१ ले भने ११ लाख ८५ हजार ४६३ रूपैयाँ, प्राइड इन्टरटेनमेन्ट उण्ड रिक्रियसन हायात होटलले ९ लाख ८९ हजार ४६० रूपैयाँ र माजोङ इन्टरटेनमेन्ट होटल सोल्टीले ९ लाख ९३ हजार ६०० रूपैयाँ बुझाएको छ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend