काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद मायाप्रसाद शर्माले डेंगु रोग नियन्त्रणका लागि विशेष ध्यान दिन सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् । बुधबार बसेको राष्ट्रियसभा बैठकको शुन्य समयमा बोल्दै उनले उस्तो बताएका हुन् ।
उनले बाढि र पहिरोबाट पीडित जनताका लागि तत्काल उद्धार र राहतको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए
सांसद शर्माले भने, ‘यो देशमा कोरोनासँगै डेंगु रोग भयावहस्थिति सृजना भएको छ । र, औषधि उपचारको निम्ति समस्या छ भन्ने समाचार आईरहेको छ । यो व्यापक रुपमा फैलिँदै गएको र त्यसको बारेमा सरकारले विशेष ध्यान दिनु पर्दछ । बाढिपहिरोबाट जनताहरु आहात भएका छन । उद्दार र खानपानको व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।’