logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    नदीजन्य पदार्थ चोरी निकासी बढ्यो

    नदीजन्य पदार्थ चोरी निकासी बढ्यो

    9.6K
    Shares
    नदीजन्य पदार्थ चोरी निकासी बढ्यो

    काठमाडाैं । कपिलवस्तुको शिवराज नगरपालिकाको सुरही खोलाबाट नदीजन्य पदार्थको चोरी निकासी बढेको छ । नदीजन्य पदार्थ उत्खनन् गरी तस्करी हुने गरेको स्थानीयले बताएका छन् । सुरही खोलाको हल्लानगर, हरहट्टी, बिसुनपुर, लक्ष्मणघाटलगायत नाकाबाट नदीजन्य पदार्थको चोरी निकासी हुने गरेको पाइएको छ । सुरही खोलाबाट केही व्यक्तिले नदीजन्य पदार्थ चोरी गरिरहँदा पनि स्थानीय जनप्रतिनिधि मुकदर्शक बनेका छन् ।

    प्रहरी प्रशासनकै मिलेमतोमा यस्तो काम हुने गरेको स्थानीय रामप्रकाश थापाको आरोप छ । चोरी निकासी हुँदा करोडौँ रुपैयाँको राजश्व गुमिरहेको छ । हरेक वर्ष असारदेखि भदौसम्म खोलाबाट नदीजन्य पदार्थ उत्खनन्को व्यवस्था छ ।

    अन्य समयमा स्थानीय तहले ठेक्कामार्फत तथा आवश्यक राजश्व बुझाएर मात्रै उत्खनन र निकासी गर्न पाइने प्रावधान छ ।रातको समयमा नदीजन्य पदार्थ उत्खनन र चोरी निकासी हुँदा राजश्व गुमिरहेको छ भने अर्कोतिर अव्यवस्थित उत्खननले जोखिम बढाएको छ ।

    वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख प्रहरी निरीक्षक कपिलजङ्ग शाहीले बालुवा तस्करी गर्नेलाई कानुनी कारवाही गरिने बताए । -रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend