logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • आयातलाई प्रतिस्थापन गर्न नसके देशको अर्थतन्त्र सुधार गर्न सकिदैनः मन्त्री बडू

    आयातलाई प्रतिस्थापन गर्न नसके देशको अर्थतन्त्र सुधार गर्न सकिदैनः मन्त्री बडू

    5.8K
    Shares
    आयातलाई प्रतिस्थापन गर्न नसके देशको अर्थतन्त्र सुधार गर्न सकिदैनः मन्त्री बडू

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आयातलाई प्रतिस्थापन गर्न नसके देशको अर्थतन्त्र सुधार गर्न नसकिने बताएका छन् । बुधवार उद्योग मन्त्रालयमा प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रममा बोल्दै उद्योगमन्त्री बडूले यस्तो बताएका हुन् ।

    उनले पछिल्लो समय मुलुक आयातमा निर्भर भएको अवस्थाामा उत्पादन र उपभोग बढाउन सकिएन भने देशको अर्थतन्त्र धराशायी हुने बताए । मन्त्री बडूले सरकारले अहिले भइरहेको आयात कम गर्न नसके अर्थचतन्त्रलाई माथि उकास्न नसकिने दाबी गरे । उनले देशको अर्थतन्त्र सुधारका लागि प्रधानन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रमले प्रभावकारी भुमिका खेल्ने बताए । उनले नेपाल कृषिमै परनिर्भर भएको अवस्थामा समग्र अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको अहम भुमिका हुने बताए ।

    उनले भने,‘ वर्तमान मुलुकको अर्थतन्त्रमा देखिएका समस्याको निकास उद्योगको क्षेत्रबाट कसरी दिन सकिन्छ । अहिले मुलुक आयातमा निर्भर बन्दै गएको अवस्था र निर्यात सरकारले अपेक्षा गरे अनुसार बढ्न नसकेको अवस्था छ । आयातमा निर्भर हुने अर्थतन्त्रलाई उकास्नको निम्ति मुलुक भित्रको उद्योगलाई व्यापक रुपमा बढाउन सकेनौं र रोजगारी सिर्जना गर्न सकेनौं र नेपाली उत्पादन वस्तुहरुको उपभोग पनि बढाउन सकेनौं भने सरकारले आयातलाई व्यवस्थापन गर्न नसक्ने निस्कर्ष रहेको छ ।

    सरकार क्रमशः आयातलाई प्रतिस्थापन गर्ने रणनीतिमा जान सकेनौं भने मुलुकको अर्थतन्त्र उकास्न सकिँदैन । यो एउटा योजना एउटा आर्थिक वर्षमा नै पूरा हुन्छ भन्ने होइन । तर केही वर्षभित्र मुलुकको आर्थिक अवस्था सुधार गर्नको लागि प्रधानमन्त्रीसँग जोडेर प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अवधारणा अगाडि बढाएको हो । मुलुकको अर्थतन्त्र सुधार गर्नको लागि प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अवधारणालाई प्राथमिकता मानेका छौं । १० वर्षमा एउटा परिणामा पुग्नसक्छौं ।’

    मन्त्री बडूले प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रमको निरन्तरताले करिव १० वर्षमा उद्योगको क्षेत्रमा एउटा परिणाम ल्याउने बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend