logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • मोबाइल फोनको आयात तत्काल खोल्नुपर्छः अध्यक्ष दीपक मलहोत्रा

    मोबाइल फोनको आयात तत्काल खोल्नुपर्छः अध्यक्ष दीपक मलहोत्रा

    14K
    Shares
    मोबाइल फोनको आयात तत्काल खोल्नुपर्छः अध्यक्ष दीपक मलहोत्रा

     

    काठमाडौं । मोबाइल फोन इम्पोर्टर्स एशोसिएशनका अध्यक्ष दीपक मलहोत्राले मोबाइल फोनको आयात तत्काल खोल्नुपर्ने बताएका छन् । बिहीवार मोबाइल डिभाईस म्यानेजमेण्ट सिष्टमको शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष मलहोत्राले सरकारले हचुवाको भरमा मोबाइल फोन आयात रोकेको भन्दै तत्काल खोल्नुपर्ने बताएका हुन् ।

    उनले मोबाइल फोन आयात बन्द हुँदा बजारमा मोबाइल आयातमा ठूलो विकृति बढेको बताए । अध्यक्ष मलहोत्राले नेपालमा ५० प्रतिशत भन्दा बढी मोबाइल फोनहरु चोरी पैठारीबाट नेपाल भित्रिने गरेको बताए । उनले धेरै लामो समयको प्रयासपछि मोबाइल सेटहरुमा मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम एमडिएमएस शुरु भएकाले आजदेखि अवैध रुपमा भित्र्याएका मोबाइल फोनहरु बन्द हुने बताए । अध्यक्ष मलहोत्राले सरकारले मोबाइल फोनको आयात बन्द गर्दा अवैध आयात बढेको बताए । उनले नेपालमा वार्षिक ५५ अर्ब भन्दा बढीको आयात हुने भएपनि यो वर्ष २७ अर्ब रुपौयाँको मोबाइल फोन आयात हुने बताए ।

    उनले वैधानिक रुपमा मोबाइल आयात बन्द गर्दा अवैध रुपमा नेपाल आयात २८ अर्बको हुने दाबी गरे । अध्यक्ष मलहोत्राले सरकारलाई मोबाइल फोन आयात गर्दा २५ प्रतिशत अर्थात ७ अर्ब रुपैयाँ बराबरको राजश्व गुम्ने बताए । उनले नेपालमा ७० प्रतिशत वैधानिक रुपमा र ३० प्रतिशत अवैध रुपमा मोबाइल फोन आयात हुने गरेको बताए । उनले मोबाइल फोन आयात खोल्नको लागि सरकारलाई बारम्बार ध्यानाकर्षण गर्दा समेत व्यवसायीहरुको कुरा नसुनेको बताए । उनले अवैध रुपमा नेपालमा आयात भएका मोबाइल सेटहरुमा मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम एमडिएमएस लागू भएको उपलक्ष्यमा मोबाइल व्यवसायीहरुले एक दिन दीपावली बनाउने घोषणा गरे । उनले मोबाइल सेटहरुमा मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम एमडिएमएस लागू हुनु मोबाइल व्यवसायीहरुको जित भएको बताए ।

    उनले भने,‘अहिले तीन सय डलर भन्दा माथिका मोबाइल फोन आयात बन्द छ । यो फोन बन्दहुँदा मोबाइलमा ठूलो विकृति थियो । ५० प्रतिशत भन्दा बढी मोबाइल फोनहरु चोरी पैठारीबाट मोबाइल फोनहरु नेपाल भित्रिने गरेका थिए । आजबाट अवैध रुपमा नेपाल भित्रिएका मोबाइलहरु बन्द हुन्छन् । मोबाइल फोन विलासिताको वस्तु होइन । मोलाइल फोन आयात खोल्नुपर्छ । नेपालमा वार्षिक रुपमा ५५ अर्ब बराबरको आयात हुन्छ । सन् २०२१ मा कानूनी रुपमा ३८ अर्ब रुपैयाँको आयात भएको थियो भने करिव १७ अर्ब अवैध रुपमा आयात भएको देखिन्छ । नेपालमा ७० प्रतिशत वैधानिक रुपमा र ३० प्रतिशत अवैध रुपमा आयात हुने गरेको छ । मोबाइल फोन आयात बन्द गर्दा २७ अर्बको मात्रै आयात हुने रहेछ । २८ अर्ब रुपैयाँको अवैध मोवाइल फोन आयात हुने रहेछ । अवैध मोबाइल आयात गर्दा राज्यले २५ प्रतिशत अर्थात ७ अर्ब रुपैयाँको राजश्व गुमाएको देखिन्छ । डलरमा करिव २२ करोड डलर आयात रोकिएको देखिन्छ । सरकारले दीर्घकालिन असर नहेरी मोबाइल फोन हचुवाको भरमा आयात बन्द गरेको छ । राज्यलाई धेरै पटक ध्यानाकर्षण ग¥यौं तर सरकारले व्यवसायीहरुका कुरा सुन्ने गरेको छैन । यो खुशीयालीमा ५० हजार मोबाइल व्यवसायीहरुले दीपावली मनाउँछौं ।’

    चार वर्षको लामो समयको प्रयासपछि सरकारले बिहीवारदेखि अवैध रुपमा आयात भएका मोबाइल सेटहरुमा मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम एमडिएमएस शुरु गरेको छ । आजदेखि नेपाल दूरसञ्चार प्राधिकरणले एमडिएमएस शुरु गरेको हो । नेपालमा चोरी पैठारी तथा अवैध रुपमा भित्रिने मोबाइल सेटहरुको आयात रोक्ने उद्देश्यका साथ प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेण्ट प्रणाली कार्यान्वयमा ल्याएको हो । यो प्रणाली लागू भएसँगै नेपालमा भित्रिने सबै मोबाइल अनिवार्य दर्ता गर्नुपर्ने भएको छ । यदी दर्ता नभएको खण्डमा ती मोबाइल सेट नेपालमा चल्दैनन् । यो प्रणाली लागू हुनुभन्दा अघिका मोबाइल स्वतः चल्नेछन् भने प्रणाली लागू हुनुभन्दा पछिका सबै मोबाइल दर्ता गर्नुपर्ने भएको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend