logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    फुटपाथ व्यवसायीले काठमाडौं महानगरको कार्यालय घेराउ र बिरोध गर्दै महानगरपालिकालाई ज्ञापन पत्र

    फुटपाथ व्यवसायीले काठमाडौं महानगरको कार्यालय घेराउ र बिरोध गर्दै महानगरपालिकालाई ज्ञापन पत्र

    14.6K
    Shares
    फुटपाथ व्यवसायीले काठमाडौं महानगरको कार्यालय घेराउ र बिरोध गर्दै महानगरपालिकालाई ज्ञापन पत्र

    काठमाडौं । नेपाल स्वरोजगार व्यापार श्रमिक संघले काठमाडौं महानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । बिहीवार फुटपाथ व्यवसायीहरूले काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ र बिरोध गर्दै महानगरपालिकालाई ज्ञापन पत्र बुझाएका हुन् ।

    महानगरपालिकाका मेयर बालेन्द्र साहलाई ज्ञापनपत्र बुझाउने भनेर समय माग गरेपनि मेयर साहले समय नदिएपछि महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई व्यवसायीहरुले ज्ञापनपत्र बुझाएका छन् । व्यवसायीहरुको ज्ञापनपत्र बुझ्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले मेयर साह आफ्नो अभियानमा भएको र फुटपाथ व्यवसायीहरूको मागलाई जस्ताको त्यस्तै मेयर साहलाई बुझाउने बताउनु भयो । अधिकारीले व्यवसायीहरुको जवाफ आफूले दिन नसक्ने बताए ।

    त्यस्तै, नेपाल स्वरोजगार व्यापार श्रमिक संघ वागमती प्रदेश कमिटीका उपाध्यक्ष सनत ढकालले महानगरपालिकाले फुटपाथ व्यापारीहरुलाई गरेको अमानवीय व्यवहारको भत्र्सना गर्ने बताए । उनले सडकमा व्यापार व्यवसाय गरेर आफैँ स्वरोजगार भएका नागरिकलाई सम्मान गर्नुपर्ने अवस्थामा महानगरले सत्ता र शक्तिको दुरुपयोग गरेको आरोप लगाए । उनले स्थानीय सरकार सबै जनताको अभिभावक भएपनि सरकार लुटेरा जस्तो भएको भन्दै व्यवसायीहरुसँग सहकार्य गरेर काम गरे सहयोग गर्न तयार रहेको बताए ।

    त्यस्तै, नेपाल स्वरोजगार व्यापार श्रमिक संघ वागमती प्रदेश कमिटी अध्यक्ष माया गुरुङले तीन दिन अगाडिदेखि समय माग गर्दा समेत मेयर साहले समय नदिएको बताए । उनले फुटपाथ व्यवसायीहरुको रोजीरोटी खोसिएपछि न्यायाको लागि कहाँ जाने भन्दै प्रश्न गरे । उनले व्यवसायीहरुलाई सडक पेटीमा व्यवसाय गर्ने ठाउँ नभएको थाहा भएको तर २४ घण्टामा २ घण्टा गरिखाने वातावरण मिलाउन माग गरेको बताए । अध्यक्ष गुरुङले मेयर साहले १० औं हजार नागरिकले सडकमा रोइरहेको आवाज सुन्नुपर्ने बताए ।

    त्यस्तै,फुटपात व्यापारी रमा महतले १४ वर्षदेखि सुन्धाराको फुटपाथमा व्यापार गर्दै आएपनि अहिले महानगरले हटाएकाले दिनको ३ घण्टा व्यापार गर्न पाउनुपर्ने माग राख्न आन्दोलनमा आएको बताए । निम्न आयस्रोत भएकाले गरिखान पाउनुपर्ने व्यवसायीहरुको माग रहेको छ । उनिहरुले मेयर साहकोबिरुद्ध भन्दापनि फुटपाथ व्यवसाय गर्नको लागि विकल्प दिनुपर्ने माग रहेको बताएका छन् ।

    कुनै विकल्प नदिई पूर्वसूचना बिना आफूहरूलाई हटाएर महानगरले दमन गरेको भन्दै व्यवसायीहरुले प्रदर्शन गरेका छन् । काठमाडौं महानगरपालिकाले फुटपाथ व्यवसायलाई हटाउन थालेपछि व्यवसायीहरूले महानगरबिरुद्ध आन्दोलन गरेका हुन् । काठमाडौं महानगरपालिकाले विधि र कानूनी प्रक्रिया विपरित निर्माण भएका संरचना हटाउने अभियान सञ्चालन गरिरहँदा सडकपेटी तथा गल्लीहरुमा व्यापार गरेर जीवन चलाउने निम्न वर्गीय स्वरोजगार श्रमिकहरुको सामान कब्जा गर्ने, श्रमिकहरुलाई हातपात र गिरफ्तार गर्ने जस्ता अमानवीय व्यवहार गरेको र विकल्पको व्यवस्था नै नगरी गरिखाने श्रमिकहरुलाई बेरोजगार बनाउने काम गरेको भन्दै महानगरबिरुद्ध प्रदर्शन गरेका हुन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend