logo

२०७९ असोज २० बिहिबार

logo
  • बिहिबार, २० असोज २०७९
  • नेप्से परिसूचक ३३.९७ अंकले गिरावट

    नेप्से परिसूचक ३३.९७ अंकले गिरावट

    7.3K
    SHARES
    नेप्से परिसूचक ३३.९७ अंकले गिरावट

    काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ । पछिल्लो समय निरन्तर रुपमा घटिरहेको नेप्से परिसूचक आईतवार नेप्से परिसूचक ३३.९७ अंक घटेर १८७६.४१ बिन्दुमा झरेको छ ।आईतवार नेप्से परिसूचक १९ सय अंकको बिन्दुबाट पनि तल झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ६.०४ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.३३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३६ अंकले घटेको छ ।



    आइर्तवार कारोबारमा आएका २२९ कम्पनीको ६२ लाख ९६ हजार कित्ता शेयर १ अर्ब ६० करोड १८ लाख २२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । वाणिज्य बैंकहरुले ब्याजदर बढाउने निर्णय गरेसँगै नेप्से परिसूचक निरन्तर रुपमा उच्च अंकले गिरावट आइरहेको छ ।

    नेप्सेका १३ उपसमूहको परिसूचक घटेको छ । जसमा व्यापार उपसमूहको परिसूचक ३.२४ प्रतिशतले घटेको छ । त्यस्तै, जलविद्युत उपसमूहको परिसूचक ३.०९ प्रतिशत घटेको छ भने विकास बैंक, वित्त, जीवन बीमा, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।

    आईतवार नेप्सेपरिसूचक उच्च अंकले घटेपनि ग्लोबल आइएमई समुन्नत स्किमको इकाईमूल्य ५.३५ प्रतिशत बढेको छ । त्यसैगरी, नेपाल ल्यूब आयलको मूल्य ४ प्रतिशत बढेको छ । तर यता बलेफी हाइड्रोपावर र दोर्दी खोला जलविद्युतको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ । आज लक्ष्मी बैंकको २१ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend