logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल मेरुदण्ड नै प्रदेश होः मुख्यमन्त्री भट्ट

    सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल मेरुदण्ड नै प्रदेश होः मुख्यमन्त्री भट्ट

    13.9K
    Shares
    सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल मेरुदण्ड नै प्रदेश होः मुख्यमन्त्री भट्ट

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्ड प्रदेश सरकार रहेको बताएका छन् । संविधान दिवसका अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारद्वारा धनगढीमा आयोजित कार्यक्रममा उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्ड प्रदेश सरकार रहेकाले मुलुकमा सङ्घीयतालाई सफल बनाउन सप्रदेशलाई बढीभन्दा बढी सक्षम बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।

    “सङ्घीयताको विकल्प छैन”, मुख्यमन्त्री भट्टले भने, “राष्ट्रियतालाई मजबुत बनाउनका लागि पनि हामी सबै एकताबद्ध हुन जरुरी छ ।” उनले नेपालको संविधान जारी गर्दा अधिकतम सहमति, अधिकतम एकता, अधिकतम जनताले चुनेका प्रतिनिधिले निकै मेहनत गरेर संविधान जारी गरेको हुनाले यो संविधान धेरै उत्कृष्ट रहेको पनि उल्लेख गरे ।

    जनताको विकास समृद्धि र समुन्नतिप्रतिको अभिलाषा पूरा गर्न संविधानको पूर्ण कार्यान्वयन आवश्यक रहेको उनको भनाइ छ । मुख्यमन्त्री भट्टले संविधानको सफल कार्यान्वयनका लागि तीन तहकै सरकार, राष्ट्रसेवक कर्मचारी र नागरिक सबैले आ–आफ्नो दायित्व बोध गरी लाग्नुपर्नेमा जोड दिए ।

    कार्यक्रममा प्रदेशका सभामुख, उपसभामुख, प्रदेश सरकारका मन्त्री, विभिन्न दलका नेता र स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend