logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • नागरिकता विधेयक रोक्न सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ ‘हेर्न नमिल्ने’मा

    नागरिकता विधेयक रोक्न सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ ‘हेर्न नमिल्ने’मा

    12.9K
    Shares
    नागरिकता विधेयक रोक्न सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ ‘हेर्न नमिल्ने’मा

     

    काठमाडौं । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ को प्रमाणीकरण रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटको मंगलबारको सुनुवाइ स्थगित भएको छ । ‘हेर्न नमिल्ने’ कारण देखाएर सुनुवाइ स्थगित गरिएको हाे ।

    संघीय संसदका दुवै सदनबाट पारित गरेर दोस्रोपटक राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पठाइएको विधेयक रोक्न माग गर्दै परेको रिटमाथि सुनुवाइ गर्न मंगलबार पेसी चढाइएको थियो ।

    तर, ‘हेर्न नमिल्ने’ कारण देखाएर सुनुवाइ स्थगित गरिएको छ । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले दायर गरेको रिटमा नागरिकता विधेयक प्रमाणीकरण गर्नबाट रोक्न आदेश जारी हुनुपर्ने माग राखेका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend