logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • महान चाडपर्वलाई लक्षित् गर्दै फोन पेको ‘चाडवाडमा जीवन सहज बनाउँ, नगद छोडौँ फोनपे गरौँ’ योजना सुरु

    महान चाडपर्वलाई लक्षित् गर्दै फोन पेको ‘चाडवाडमा जीवन सहज बनाउँ, नगद छोडौँ फोनपे गरौँ’ योजना सुरु

    7.7K
    Shares
    महान चाडपर्वलाई लक्षित् गर्दै फोन पेको ‘चाडवाडमा जीवन सहज बनाउँ, नगद छोडौँ फोनपे गरौँ’ योजना सुरु

    काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले नेपालीहरुको महान चाडपर्वलाई लक्षित् गर्दै ‘चाडवाडमा जीवन सहज बनाउँ, नगद छोडौँ फोनपे गरौँ’ योजना सुरु गरेको छ । यस योजना अन्तरगत हरेक दिन फोनपे मार्फत् क्यूआर गर्ने, फोनपे डाइरेक्ट मार्फत रकम कारोबार गर्ने र अनलाइन भुक्तानी गर्ने मध्ये एक जना ग्राहकले दैनिक नगद रु एक लाख जित्न सकिनेछ ।

    यो योजना ग्राहकहरुका लागि असोज ४ गतेदेखि असोज १४ गतेसम्म लागु हुनेछ । यसैगरि क्यूआर मार्फत भुक्तानी लिने मर्चेन्टले पनि हरेक दिन सामसुङ्गको आकर्षक मोबाईल फोन जित्न सक्नेछन् । मर्चेन्टहरुको यो योजना असोज ४ गतेदेखि कार्तिक १२ गते ४० दिन सम्मका लागि लागु हुनेछ । फोनपेको एक लाख जित्ने योजनामा सहभागी हुनका लागि ग्राहकले फोनपे अफर एपमा गइ चुनौती अर्थात् च्यालेञ्ज एसेप्ट गर्नुपर्नेछ । यस योजनामा अन्य केही शर्तहरु समेत लागु हुनेछन् ।

    यसैगरी फोनपेले दशैँको समयमा किनमेल गर्न सहज् र शुलभ होस् भन्ने उदेश्यले विभिन्न बैंकहरुसँगको सहकार्यमा छुट तथा क्यासब्याक पाइने सुविधा समेत प्रदान गरेको छ । फोनपे मार्फत क्यूआर भुक्तानी गर्दा सनराइज बैंकका ग्राहकले असोज १ देखि १५ गतेसम्म फोनपे मार्फत क्यूआर गर्दा हरेक दिन भाग्यशाली एक जनाले हेलिकप्टरमा गोसाइकुण्ड घुम्न पाउनेछन् । यस्तै कुमारी बैंकका ग्राहकले असोज ४ देखि १४ कार्तिक सम्म पहिलोपटक क्युआर मार्फत भुक्तानी गर्दा तीश प्रतिशत अर्थात् रु तीनसय सम्म छुट पाइनेछ । यसैगरि सानिमा बैंकका ग्राहकहरुले असोज १६ गतेदेखि २२ गतेसम्म १० प्रतिशत अर्थात् रु सय सम्म छुट पाउनेछन् । यस्तै गरिमा विकास बैंक र एनसीसी बैंक,एनआइसी एशिया बैंकका ग्राहकहरुले असोज ९ गतेदेखि १४ गतेसम्म क्युआर गर्दा १० प्रतिशत अर्थात् रु १०० सम्म छुट पाइनेछ ।
    यसैगरी राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले असोज ७ गतेदेखि १७ गतेसम्म, एभरेष्ट बैंकका ग्राहकले असोज १० देखि १४ गतेसम्म, मेगा बैंकका ग्राहकले असोज ७ देखि १३ गतेसम्म,कामना सेवा विकास बैंकका ग्राहकले असोज ९ गतेदेखि १३ गतेसम्म क्युआर मार्फत् भुक्तानी गर्दा १० प्रतिशत अथवा रु सय छुट प्राप्त गर्न सकिनेछ ।

    आइएमइ पेका ग्राहकले असोज ७ देखि असोज १४ गतेसम्म, प्रभुपेका ग्राहकले असोज ९ देखि १४ असोजसम्म, खल्तीका ग्राहकले असोज ४ देखि २४ असोजसम्म पहिलोपटक क्युआर गर्दा १० प्रतिशत अर्थात् रु सय सम्म क्यासब्याक प्राप्त गर्न सकिनेछ । यस्तै माछापुच्छ्रे्र बैंकका ग्राहकले असोज ९ गतेदेखि २० गतेसम्म क्यूआर गर्दा २२ प्रतिशतसम्म क्यासब्याक पाइने छ ।

    फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था तथा विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स्बाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । यसैगरी फोनपे डाइरेक्ट मार्फत् मोबाईल नम्बर राखि कुनैपनि बैंकको बैंक खातामा रकम पठाउन सकिन्छ भने विभिन्न किसिमका सेवाको रकम भुक्तानी गर्न सकिन्छ । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन् । यस्तै फोनपेमा हालसम्म करिब १० लाख मर्चेन्ट रहेका छन् । एक करोड ५० लाख भन्दा धेरै मोबाईल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाईल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend