logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • बैतडीमा घर भत्किँदा एक जनाको मृत्यु

    बैतडीमा घर भत्किँदा एक जनाको मृत्यु

    9.9K
    Shares
    बैतडीमा घर भत्किँदा एक जनाको मृत्यु

    बैतडी । घर भत्किँदा च्यापिएर बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका– १ लेककी १५ वर्षीया पूजा लुहार रहेकी बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।

    माटोको छानो भएको घर एक्कासी सोमबार राति दुई बजेतिर भत्किँदा सुतिरहेकी पूजाको च्यापिएर मृत्यु भएको बताइएको छ । वर्षाका कारण कमजोर भएको छानो राति एक्कासि भत्किँएको हो । प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । टोली पुगेपछि थप जानकारी आउने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । पूजा स्थानीय डुग्रीखान माविमा कक्षा ६ मा अध्ययनरत थिइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend