logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • मापदण्ड पुगेकालाई मात्र नयाँ स्टक एक्सचेन्ज लाइसेन्स वितरण हुन्छ, हल्लाको पछि नलाग्नु – अध्यक्ष हमाल

    मापदण्ड पुगेकालाई मात्र नयाँ स्टक एक्सचेन्ज लाइसेन्स वितरण हुन्छ, हल्लाको पछि नलाग्नु – अध्यक्ष हमाल

    4.2K
    Shares
    मापदण्ड पुगेकालाई मात्र नयाँ स्टक एक्सचेन्ज लाइसेन्स वितरण हुन्छ, हल्लाको पछि नलाग्नु – अध्यक्ष हमाल

    काठमाडौँ – नेपाल धितोपत्रबोर्डका अध्यक्ष रमेश हमालले नयाँ स्टक एक्सचेन्ज केही व्यापारिक घरानालाई दिन लागिएको भनेर बजारमा हल्ला फैलाएको बताएका छन् ।

    बजारमा अनावश्यक हल्ला फैलाएको भन्दै बोर्डले प्रतिस्पर्धाको आधारमा मापदण्ड पुगेकालाई मात्र लाइसेन्स दिने बताए । अध्यक्ष हमालले भने केहिले त चुनाव खर्च उठाउन निश्चित व्यापारिक घरानालाई लाइसेन्स दिन लाग्यो समेत भन्न भ्याए त्यसमा कुनै सत्यता छैन।

    नियमावली भर्खर पारीत गरेको भन्दै अध्यक्ष हमालले सबै प्रक्रिया पूरा गरेर चुनावपछि मात्र लाइसेन्स वितरण गर्ने र लाइसेन्स दिंदा मापदण्ड पुर्‍याएर आउनेले मात्र पाउने बताए। प्रक्रिया बिना कसैले सोर्स फोर्स शक्ति र पैसाका आधारमा पाउंदैन यो कुरामा बोर्ड प्रष्ट छ।

    बोर्डले नयाँ ब्रोकर लाइसेन्स, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जका लागि आवेदन माग गरेको थियो  । आइतबार सूचना प्रकाशित गर्दै ३० दिनभित्र इच्छुक व्यक्तिलाई आवेदन दिन आह्वान गरेको हो  ।

    गत २१ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले नयाँ स्टक एक्सचेन्ज, ब्रोकर लाइसेन्स खोल्न स्वीकृति दिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend