logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • मोरङमा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता

    मोरङमा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता

    15.7K
    Shares
    मोरङमा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता

     

    मोरङ । मोरङको सुन्दरहरैँचामा विराट खुला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । विराट चेस क्लब सुन्दरहरैँचाको आयोजनामा मङ्गलबारदेखि उक्त प्रतियोगिता सुरू भएको हो ।

    प्रतियोगितामा नेपालसहित भारत र बङ्गलादेशका गरी एक सय २० खेलाडी सहभागी छन् । प्रतियोगिताका विजेतालाई रु चार लाख ६० हजार राशि पुरस्कारस्वरुप प्रदान गरिने छ । प्रतियोगिताको एक समारोहबीच सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँले उद्घाटन गरे । उनले प्रतियोगिातको माध्यमबाट यस क्षेत्रको विकास र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उल्लेख गरे ।

    प्रतियोगितामा प्रथम हुने खेलाडीलाई रु एक लाख नगदसहित ट्रफी प्रदान गरिने छ । यस्तै दोस्रो हुनेले रु ७० हजार, तेस्रो हुनेले रु ५० हजार र चौथो हुनेले रु ३० हजारसहित ट्रफी प्राप्त गर्ने छन् । खेल अवधिभरि विभिन्न विधामा २० जनालाई पुरस्कार प्रदान गरिने खेल संयोजक लक्ष्मीकुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगिता आगामी असोज ८ गतेसम्म सञ्चालन हुने छ । –रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend