logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • पाकिस्तानमाथि इङल्यान्डको जित

    पाकिस्तानमाथि इङल्यान्डको जित

    13.2K
    Shares
    पाकिस्तानमाथि इङल्यान्डको जित

    काठमाडौं। पाकिस्तानमाथि ६ विकेटको जितसहित इङल्यान्डले मंगलबार  सात टी-२० खेलको शृंखलमा सुखद सुरुआत गरेको छ ।

    १७ वर्षपछि पाकिस्तान भ्रमण गरेको इङल्यान्डले लुक उड र एलेक्स हेल्सको उत्कृष्ट प्रदर्शनमा सहज जित पक्का गर्यो ।पाकिस्तानले प्रस्तुत गरेको एक सय ५९ रनको लक्ष्य इङल्यान्डले १९.२ ओभरमा मात्र चार विकेटको क्षतीमा पूरा गर्यो ।

    इङल्यान्डका हेल्सले ५३ र ह्यारी ब्रुकले अविजित ४२ रन जोडे । हेल्सले ४० बलमा सात चौका प्रहार गर्दा ब्रुकले २५ बलमा सात चौका प्रहार गरे ।

    पाकिस्तानका उस्मान कादिरले दुई तथा हरिस रौफ र सहानवाजले एक विकेट लिए ।

    यसअघि टस हारेर ब्याटिङका लागि आएको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५८ रनको योगफल खडा गरेका थियो ।

    पाकिस्तानका ओपनर मोहम्मद रिजवान र कप्तान बाबर आजमले  पहिलो विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए । रिजवानले ४६ बलमा ६ चौका  सहित ६८ रन बनाए ।   दुई छक्का प्रहार गर्दा आजमले २४ बल ३ चौका सहित ३१ रन  प्रहार गरे ।

    इङल्यान्डका उडले तीन, आदिल रसिदले दुई तथा साम कुरान र मोइन अलीले समान एक विकेट लिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend