logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • ३६५ मेगावाटसम्म विद्युत किन्न टेन्डर आह्वान

    ३६५ मेगावाटसम्म विद्युत किन्न टेन्डर आह्वान

    11.2K
    Shares

    काठमाडौं । आगामी हिउँदका लागि ३६५ मेगावाटसम्म विद्युत किन्न विद्युत प्राधिकरणले टेन्डर आह्वान गरेको छ । प्रतिस्पर्धा मार्फत विद्युत खरिद गर्न प्राधिकरणले बोलपत्र आह्वान गरेको हो ।

    आगामी १५ मंसिरदेखि १६ जेठ २०८०सम्म भने भारतबाट विद्युत आयात गर्न टेन्डर आह्वान भएको हो । भारतबाट विद्युत बिक्री गर्ने एजेन्सीहरुले प्रतिस्पर्धामा भाग लिन सक्नेछन् ।

    हिउँदमा नेपालमा बिजुलीको माग अनुसार उत्पादन नहुने भएकाले प्राधिकरणले प्रतिस्पर्धाबाटै बिजुली किन्न टेन्डर आह्वान गरेको हो । अहिले ३६४ मेगावाट बिजुली भारतथ निर्यात गरिरहेको प्राधिकरणले डिसेम्बर २०२२ देखि मे २०२३ सम्म यो परिमाणका विद्युत खरिद गर्न टेन्डर गरेको हो ।

    यस अनुसार करिब ६ महिना भारतबाट करिब ४ सय मेगावाट बराबारको बिजुली भारतबाट किन्नुपर्ने देखिएको छ । गत वर्ष प्रतिस्पर्धामार्फत विद्युत् खरिद नगरी भारतीय ऊर्जा एक्स्चेन्ज बजारबाट खरिद गर्दा प्राधिकरणले महँगोमा बिजुली किन्नु परेको थियो ।

    रातमा समयमा बिजुली प्रतियुनिट १२ भारुसम्म परिरहेकाले प्राधिकरणले ऊर्जा एक्स्चेन्ज बजारमाट बिजुली नलिई एजेन्सीहरुबाटै आपूर्ति लिन तयारी गरेको हो । रुस युक्रेन युद्ध चर्किएपछि भारतमा बिजुलीको मूल्य आकाशिएको छ ।

    जसका कारण भारतीय विद्युत व्यापार गर्ने एजेन्सीहरुले पनि आवधिक समझौता गरेर विद्युत् विक्री गर्ने सम्भावना कम हरहेको प्राधिकरणका अधिकारीहरु बताउँछन् । तर, लगातार आपूर्ति लिने गरी बजार सुनिश्चित हुने भएकाले केही महँगो मूल्यमै भएपनि भारतीय एजेन्सीले विद्युत आपूर्ति दिनेमा प्राधिकरण विश्वस्त छ ।

    यो वर्ष भारतबाट खरिद हुने भन्दा भारतलाई विक्री गरिने बिजुलीको परिमाण बढी हुने प्राधिकरणको प्रक्षेपण छ । ७ जेठदेखि दैनिक रुपमा ६ वटा जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ ।

    प्राधिकरणले जेठ, असार, साउन र भदौसम्ममा ७८ करोड ७८ हजार युनिट विद्युत भारतीय बजारमा बिक्री गरी ७ अर्ब १९ करोड ८६ लाख रुपैयाँ आर्जन गरिसकेको छ । भारतसँगको विद्युत व्यापार भारतीय रुपैयाँमा हुने भएकोले ४ महिनाको अवधिमा विद्युत बिक्रीबाट ४ अर्ब ४९ करोड ९१ लाख भारु नेपाल भित्रिएको छ । भदौमा मात्र विद्युत बिक्रीबाट १ अर्ब ५१ करोड ५ लाख भारु आम्दानी भएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend