logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • इण्डोनेशियाको जाकार्तामा ट्रेड एक्स्पो हुने

    इण्डोनेशियाको जाकार्तामा ट्रेड एक्स्पो हुने

    13K
    Shares

    काठमाडौं । आगामी अक्टोबरमा इण्डोनेशियाको जाकार्तामा ट्रेड एक्स्पो हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी आगामी अक्टोबरमा इण्डोनेशियाको जाकार्तामा ट्रेड एक्स्पो हुने जानकारी दिएको हो ।

    सो एक्स्पोमा इण्डोनेशियाले उत्पादन गरेका सबै प्रकारका वस्तुहरु राखिने नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले बताए । उनले सो एक्स्पोले नेपाल र इण्डोनेशियाका बीचमा भइरहेको व्यवसायिक गतिविधिलाई अझै बढाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।

    एक्स्पोमा सहभागी भएर नेपालले इण्डोनेशियाका उत्पादनहरुका बारेमा जानकारी लिने र नेपाली उत्पादनहरुलाई इण्डोनेशिया लैजाने उपयुक्त अवसर मिल्ने विश्वास छ । उपाध्यक्ष ढकालले बैंकहरुले ब्याज बढाउनु स्वभाविक नभएको समेत जिकिर गरे । उनले ब्याज बढ्दैमा
    डिपोजिट नबढ्ने पनि उनको भनाई थियो ।

    तरलता अभावका कारण व्यापारिक गतिविधिहरु खुम्चिरहेको बताउदै पछिल्लो समय रेमिट्यान्स र पर्यटनको क्षेत्रमा भने सुधार हुँदै गएको उपाध्यक्ष ढकालले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend