logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • बुधबारको शेयर बजार सकारात्मक तर कारोबार भने कम

    बुधबारको शेयर बजार सकारात्मक तर कारोबार भने कम

    14.1K
    Shares

    काठमाडौं । लामो समयपछि बुधबार शेयर बजार सूचक नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ११.२२ अंकले वृद्धि हुँदै १८४८.८२ अंकमा उक्लिएको हो । हिजो यस्तो सूचक ३८.८१ अंकले घट्दै १८३७.६० अंकमा झरेको थियो । तर, आज ११ अंकले नेप्से बढेपनि कारोबार भने थप खुम्चिन पुगेको छ । ११.२२ अंकले बढेको बजारमा आज जम्मा ७२ करोड १२ लाख ५९ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ ।

    हिजो ३८ अंकले घटेको बजारमा १ अर्ब २२ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । आज म्युचुअल फन्ड बाहेकका सबै उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक १.७९ प्रतिशतले बढेको छ भने डेभलपमेन्ट बैंकको १.३८ प्रतिशतले, म्यानु एण्ड प्रो समूहको उपसूचक १.१५ प्रतिशतले र होटल तथा पर्यटन समूहको उपसूचक १.०१ प्रतिशतले बढेको छ ।

    अन्य समूहको उपसूचक भने १ प्रतिशत भन्दा कम अंकले बढेका छन् । आज सामलिङ पावर कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट देखिएको छ भने वियन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा ३.६३ प्रतिशत गिरावट आएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend