logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सम्पत्ति र घरबहाल कर तिर्न ४१ वटा ठूला करदातालाई काठमाडौं महानगरको निर्देशन

    सम्पत्ति र घरबहाल कर तिर्न ४१ वटा ठूला करदातालाई काठमाडौं महानगरको निर्देशन

    7.8K
    Shares

    काठमाडौं । काठमाडौं महानगरपालिकाले एकैपटक ४१ वटा ठूला करदातालाई सम्पत्ति र घरबहाल कर तिर्न निर्देशन दिएको छ । महानगरपालिकाले बुधबार पत्र लेख्दै विभिन्न संघसंस्था, व्यक्ति, कम्पनी र सरकारी निकायहरुलाई घरजग्गा सम्पत्तिमा लाग्ने कर र घरबहाल कर तिर्न निर्देशन दिएको हो ।

    रेडक्रम र स्काउनदेखि पेप्सी उत्पादक बरुण वेभरेज तथा रञ्जना ट्रेड सेन्टर, वर्ल्ड ट्रेड सेन्टर र सीटीसी मलसम्मलाई एकसाथ पत्र काटिएको हो । १० दिनभित्र करदाताले वडा कार्यालयमा पुगेर आफ्नो सम्पत्ति र घरबहाल कर नतिरेमा सरकारी बाँकी सरह असुल उपर गरिने सूचनामा उल्लेख छ ।

    जय नेपाल हल, हात्तीसार, इम्पेरियल अपार्टमेन्ट, सगरमाथा इन्सोरेन्स, ग्लोबल ट्रेडिङ कन्सर्न, पूजा इन्टरप्राइजेज, ल्यान्डमार्क होटल, ओ सान इन्टरनेसनल कलेज, वर्ल्ड ट्रेड सेन्टर, सीटीसी मल र एनआरटी क्लबलाई सम्पत्ति कर बुझाउन पत्र काटिएको महानगरपालिकाका राजस्व विभाग प्रमुख डा.शिवराज अधिकारीले जानकारी दिए ।

    त्यसैगरी बुद्धबारी कम्प्लेक्स, सिग्नेचर अपार्टमेन्ट, काठमाडौं इन्जिनियरिङ कलेज, नेपाल रेडक्रम सोसाइटी, ब्लु बर्ड इन्भेष्टमेन्ट, होटल प्लाटिनियम, आदर कम्प्लेक्स, ब्याट्री कारखाना, सिद्धार्थ वनस्थली स्कुल र एड्भान्स अटोमोबाइललाई पनि महानगरले कर तिर्न बोलाएको छ ।

    भीजी अटोमोबाइल्स, आर्दशनगर बिजनेस प्रालि, रञ्जना ट्रेड सेन्टर, नेपाल स्काउट, नेपाल सेन्टर फर डेभलपमेन्ट एन्ड पोलिसी स्टडिज प्रालि, नेम इन्स्टिच्युट फर मेडिकल एजुकेसन, स्टार होल्डिङ्स, पुण्य मेन्सन प्रालि, रिद्धिसिद्धि डेभलपर्स र वरुण वेभरेज प्रालिलाई पनि पत्र काटिएको उनले जानकारी दिए ।

    अधिकारीका अनुसार रवीन्द्रबहादर मल्ल, सुभाषकुमार घिमिरे सानुभाइ बखुन्छे, मसिना अमात्य, रविना श्रेष्ठ, शिशु अर्याल, यागनाथ पौडेल, प्रदीपरत्न ताम्राकार विजयरत्न ताम्राकार, बसुन्धरा तुलाधर, पुरुषोत्तम संघ र किरण संघलाई पनि कर तिर्नका लागि महानगरपालिकाले आह्वान गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend