logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • अन्ततः हिन्दी भाषाको ‘प्रेमगीत ३’ले विदेशी फिल्म सरह कर बुझाउनुपर्ने

    अन्ततः हिन्दी भाषाको ‘प्रेमगीत ३’ले विदेशी फिल्म सरह कर बुझाउनुपर्ने

    17.5K
    Shares

    काठमाडौं । निकै विवादमा रहेको प्रेमगीत ३ को हिन्दी संस्करणले विदेशी फिल्मको मान्यता पाएको छ । वितरक र निर्माताले भारतबाट भन्सार शुल्कसहित ल्याएको लगायतका कागजपत्र पेश गरेपछि बोर्डले चलचित्र जाँचका लागि अनुमति दिएको हो ।

    वितरकले नियमानुसार कागजपत्र पेस गरेपछि बोर्ड अध्यक्ष भुवन केसीले सेन्सर सिफारिस गरेका हुन् । वितरक मनोज राठीले विदेशी फिल्मले तिर्दै आएको १५ प्रतिशत विकास शुल्क तिरेर प्रेमगीत ३ को हिन्दी संस्करण प्रदर्शन हुने बताए । उनका अनुसार फिल्मले ३० हजार भन्सार शुल्क पनि तिरेको छ ।

    यसअघि नेपाली संस्करणको सेन्सर भए पनि विवादले हिन्दीको सेन्सर रोकिएको थियो । निर्माण आशुसेन प्रोडक्सनले हिन्दीलाई पनि नेपालीसरह सेवा सुविधा दिन माग गर्दै बोर्डमा निवेदन दिएका थिए । बोर्डले निर्माता संघसहितका संस्थालाई बोलाएर छलफल गरेका थिए ।

    हिन्दीको सुविधा दिन नहुने भन्दै चर्को विरोध भएपछि अन्ततः बोर्डले विदेशी फिल्मको मान्यता दिएर सेन्सर सिफारिस गरेको हो । शुक्रबार नेपालमा प्रेमगीत ३ को नेपाली र हिन्दी संस्करण प्रदर्शनको तयारीमा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend