logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • ग्रीनसीटी हस्पिटल र रोटरी क्लव डाउन टाउनको सहयोगमा मुटुमा प्वाल परेकी कृष्ण कुमारीले पाइन नयाँ जीवन

    ग्रीनसीटी हस्पिटल र रोटरी क्लव डाउन टाउनको सहयोगमा मुटुमा प्वाल परेकी कृष्ण कुमारीले पाइन नयाँ जीवन

    6.5K
    Shares
    ग्रीनसीटी हस्पिटल र रोटरी क्लव डाउन टाउनको सहयोगमा मुटुमा प्वाल परेकी कृष्ण कुमारीले पाइन नयाँ जीवन

    काठमाडौँ – रातो सारीमाथि रंग खुईलिएको हरियो रंगको ब्लाउज । त्योमाथि रातै रङको पच्छ्यौरी ओढेर दाहिने हातको नाडीमा शलानीका पाईल अड्काएर हस्पिटलको बेडमा बसेकी उनी हुन् सिन्धुलीको फिकलकी स्थायी बासिन्दा ४४ बर्षीय कृष्ण कुमारी घोरासैन । जसको मुटुमा प्वाल परेर विगत १५ बर्ष देखि आफ्नै मुटुसँग लड्दै आएकी थिईन् ।

    मुटुको उपचार गर्न उनी काठमाडौंको सामाखुशीमा रहेको ग्रीन सिटी हस्पिटलमा आईन् । मुटुको अप्रेशन गर्नैपर्ने तर उपचार गर्न लाग्ने खर्च नभएपछि उनी सामान्य औषधोपचार गर्दै मृत्यु पर्खेर बसेको थिईन् ।

    कृष्णकुमारीको यो दयनीय अवस्था रोटरी क्लव अफ काठमाडौं डाउन टाउनले सुईको पायो । र क्लवले फ्रि क्याम्प अन्तर्गत उनको शल्यक्रिया गर्न ग्रिनसिटी हस्पिटलसँग सहजिकरण गरिदियो ।

    भाद्र १८ गते मुटु रोग विशेषज्ञ डा. अनिल भट्टराईको टिमले डेढ घण्टा लामो अप्रेशन गर्यो । कृष्णकुमारीले विगत १५ वर्षदेखि झेल्दै आएको मुटुको समस्याबाट उनले डेढ घण्टामा छुटकारा पाईन् । डाक्टर भट्टराई सँगसँगैं अन्य ९ जना सहयोगीले एएसडि क्लोजर वाई मिनीथोराक्टोमी प्रविधिको प्रयोगबाट कृष्णकुमारीको उपचार गरेका हुन् ।

    मानव परोपकारी धर्म लाइ आत्मासाथ गर्दै रोटरी क्लब अफ काठमाडौँ डाउन टाउनले रोटरी अन्तराष्ट्रिय सात ओटा फोकस क्षेत्र भित्र पर्ने डिजिज् प्रिभेण्शन् एण्ड ट्रिटमेण्ट अन्तर्गत कृष्ण कुमारी घोरासैनलाई पिडा बाट मुक्त गरेको छ ।

    क्लवको सानो प्रयासले एक महिलाले जिवनदान पाएको भन्दै क्लवले खुशी व्यक्त गरेको छ । कृष्णकुमारीको सफल अप्रेशन भएको पाँच दिन बितीसकेको छ । अप्रेशन पश्चात उनमा कुनैपनि समस्या नदेखिएको ग्रिटसिटी हस्पिटलले जनाएको छ ।

    हस्पिटलका प्रमुख लोक बहादुर टण्डनले यस अघि पनि ग्रीन सिटीमा दर्जनौ फ्री स्वास्थ्य उपचार गरिएको बताउँदै रोग निको पारेर अस्पतालबाट विदा हुन लागेकी कृष्णकुरमारीको थप जिवन स्वस्थ रहोस् भन्ने कामना गरे ।

    रोटरी क्लब अफ काठमाडौं डाउन टाउन मानब परोपकारी क्रियाकलाप सक्रिय रुपमा लागेकोले आफुले पनि यस्ता सस्थासँग सहकार्य गर्न पाएकोमा उनले खुशी व्यक्त गरे ।

    त्यस्तै ग्रीन सिटि हस्पिटलकी फाइनाइन्स डाइरेक्टर तथा रोटरीयन रेनुका गुरुङले दुखी गरिवहरुको सेवा गर्नु नै आफुहरुको धर्म भएको बताइन।  हुनेले नहुनेलाई दिने हो नहुनेले हुनेसँगबाट लिने संस्कारको बिकास गर्नुपर्छ त्यसको निरन्तरता ग्रीनसिटि हस्पिटलले बर्षौ देखी गर्दै आएको छ।  उनले भनिन।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend