logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • रुसलाई तत्काल सजाय दिइयोस्ः जेलेन्स्की

    रुसलाई तत्काल सजाय दिइयोस्ः जेलेन्स्की

    3.2K
    Shares
    रुसलाई तत्काल सजाय दिइयोस्ः जेलेन्स्की

    किभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई सजाय दिन राष्ट्रसंघसँग अनुरोध गरेका छन् । ‘युक्रेनविरुद्ध अपराध गरिएको छ र हामी न्यायको माग गर्दछौं’,  जेलेन्स्कीले भने । रुसले  विश्व निकायको सिद्धान्तहरू उल्लंघन गरेको उनले आरोप लगाए ।

    जेलेन्स्कीले युक्रेनविरुद्धको आक्रमणको अपराध र जवाफदेहिता सुनिश्चित गर्न रसियाविरुद्ध विशेष न्यायाधिकरणको स्थापना गर्न आह्वान गरे ।
    उनले आक्रमणको क्रममा युक्रेनीलाई क्षतिपूर्ति दिन कोषको लागि आह्वान गरे । जेलेन्स्कीले संयुक्त राष्ट्र संघलाई सुरक्षा परिषदमा रुसको भिटो शक्ति हटाउन पनि आग्रह गरे । युक्रेनले यसअघि मस्कोमा रुस नभई पूर्व सोभियत संघको सिट रहेको तर्क गरेको थियो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend