logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • हिन्दी भाषाको ‘प्रेमगीत ३’ लाई सञ्चार मन्त्रालयले दियो नेपाली फिल्मको मान्यता

    हिन्दी भाषाको ‘प्रेमगीत ३’ लाई सञ्चार मन्त्रालयले दियो नेपाली फिल्मको मान्यता

    4.8K
    Shares

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई नेपाली फिल्मको मान्यता दिएको छ । मन्त्रालयको यस्तो निर्णयपछि ‘प्रेमगीत ३’को हिन्दी संस्करणले पनि नेपाली फिल्मको सेवासुविधा सरह प्रदर्शनको मौका पाएको छ । साथै, १५ प्रतिशत विकास शुल्क पनि तिर्नुपर्ने छैन ।

    सञ्चार मन्त्रालयका प्रवक्ता तथा सेन्सर बोर्डका अध्यक्ष सेवन्तक पोखरेलले ‘प्रेमगीत ३’ लाई नेपाली चलचित्र नै भन्ने निर्णय भएको बताए । पोखरेलले भने ‘नेपाली कलाकार र नेपाली प्राविधिकले काम गरेका छन् भने नेपाली कम्पनीले निर्माण गरेकाले विदेशी फिल्म भन्ने आधार देखिएन । नेपाली फिल्म नै भन्ने निष्कर्षमा हामी पुग्यौं ।’

    बोर्डले हिन्दी प्रेमगीत ३ लाई १५ प्रतिशत शुल्क तिर्ने गरी विदेशी फिल्म सरहको सेन्सर सिफारिस गरेपछि मन्त्रालयले स्पष्टीकरणको लागि अध्यक्ष भुवन केसीलाई बोलाएको थियो । मन्त्रालयका प्रवक्ता पोखरेलले सेन्सर विवाद र घटनाक्रमबारे अध्यक्ष केसीसँग सोधपुछ गरेको थियो ।

    बोर्डले विदेशी फिल्म करार गरेपछि वितरकले मन्त्रालयमा निवेदन दिएका थिए । यो निवेदन लगत्तै मन्त्रालयले बोर्ड अध्यक्ष केसीलाई छलफलमा बोलाएको थियो ।

    मन्त्रालयको निर्णयपछि अब ‘प्रेमगीत ३’ को हिन्दी सेन्सर हुने बाटो खुलेको छ भने भोलि प्रदर्शन हुने पक्का भएको छ । मन्त्रालयको यो निर्णयपछि अब अन्य भाषामा स्वरांकन भएर रिलिज हुने फिल्मका लागि पनि एउटा नजीर बस्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend