logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • असोज ८ गतेदेखि चितवनमा पनि ‘पठाओ’ सेवा सुरु हुने

    असोज ८ गतेदेखि चितवनमा पनि ‘पठाओ’ सेवा सुरु हुने

    4.1K
    Shares

    काठमाडौं । असोज ८ गते देखि चितवनमा पठाओको राइड सेयरिङ सेवा सुरु हुने भएको छ । राजधानी बाहिर पहिलो पटक चितवनमा सेवा विस्तार गर्ने बताएको पठाओले आज बिहीबार मिति घोषणा गरेको हो । चितवनमा सुरुमा अटो र बाइकमा राइड सेवा प्रदान गरिने बताइएको छ ।

    यात्रुलाई सहजता प्रदान गर्नुका साथै रोजगारीको माध्यम समेत बन्दै गएको यस प्लाटफर्ममा युवाहरूको आकर्षण बढी रहेको उनी बताउँछिन् ।

    ‘चितवनमा पठाओ सेवा विस्तार गर्नुको मुख्य उद्देश्य भनेकै यात्रुलाई सहजता प्रदान गर्नु हो । करिब सबै तयारीहरू पुरा भइसकेका छन्,’ उनले भनिन् ‘पार्टटाइम काम गर्न चाहनेलाई पठाओले झन् राम्रो अवसर सिर्जना गरेको छ । आफ्नो रोजाइको समयमा काम गर्न सकिने भएकोले पठाओमा राम्रो आकर्षण छ ।’

    चितवनमा पठाओमा आवद्ध हुन चाहने राइडरले आफ्नो सवारीको ब्लु बुक र सवारी चालक अनुमतिपत्र सहित भरतपुरमा रहेको पठाओको शाखा कार्यालयमा सम्पर्क गर्न सक्छन् । वा ०१ ५९७००९९ मा फोन गरेर जानकारी लिन सक्नेछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend