logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • गठबन्धनले एमालेको राष्ट्र निर्माण अभियान रोक्न षडयन्त्र गर्यो : शंकर पोखरेल

    गठबन्धनले एमालेको राष्ट्र निर्माण अभियान रोक्न षडयन्त्र गर्यो : शंकर पोखरेल

    3.3K
    Shares

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धन राष्ट्र निर्माणको अभियान रोक्ने षडयन्त्रमा लागेको आरोप लगाएका छन् ।  बिहीवार एमाले केन्द्रिय कार्यालयमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले पाँच दलीय गठबन्धनले एमालेको राष्ट्र निर्माण गर्ने विजय अभियान रोक्न अनेक प्रकारका षड्यन्त्र गरिरहेको बताएका हुन् ।

    उनले गठबन्धले नागरिकताको विषयलाई एमाले विरुद्ध प्रयोग गर्ने हतियारका रुपमा प्रयोग गर्न खोजिएको आरोप लगाए । उनले राष्ट्रपतिले नागरिकताको विषयलाई समयमै सम्बोधन गर्नुपर्छ भन्ने आशयलाई गठबन्धनले उपेक्षा गरेको बताए । उनले अहिले नागरिकतामा वैवाहिक अंगीकृतको विषय प्रमुख रहेको भन्दै आफ्ना चेलीहरूको बारेमा अरु देशमा के व्यवस्था छ भन्ने कुरा हेर्न गठबन्धनलाई आग्रह गरे ।

    पोखरेलले तत्कालीन केपी ओली नेतृत्वको सरकारले जन्मसिद्ध नागरिकता पाएका नेपाली बाबुआमाका सन्तानको नागरिकताको हक स्थापित गर्न खोज्दा अहिलेको गठबन्धनमा रहेका नेताहरुले नै अवरोध गरेको उल्लेख गरे । महासचिव पोखरेलले ओली नेतृत्वको सरकारले जन्मसिद्ध सन्तानको हक स्थापित गर्न अध्यादेशमार्फत नागरिकता ऐन जारी गरेको जिकिर गरे । उनले जन्मसिद्ध सन्तानको हक स्थापित गर्नखोज्दा अहिलेको सत्ता गठबन्धनले अदालतबाट रोकेको आरोप पनि लगाए ।

    उनले गठबन्धनले अदालतमा मुद्दा हालेर अध्यादेश नरोकेको भए अहिले जन्मसिद्धका सन्तानले नागरिकता सहजरुपमा आउने अवस्था रहेको बताए । महासचिव पोखरेलले राष्ट्रपतिले नागरिकता जस्तो संवेदनशील विषयमा पठाएका सुझावमाथि छलफल गर्नुको साटो संसद बाहिरबाट गठबन्धनले चुनौती दिन खोजेको आरोप लगाए ।

    राष्ट्रपतिले नागरिकताका विषयमा पठाएका सुझावमाथि छलफल नगरेर गठबन्धनले गणतन्त्र र संविधानमाथि प्रहार गरेको उनको भनाई छ ।
    उनले पाँच दलीय गठबन्धन सम्पूर्ण रुपमा असफल भइसकेको समेत दाबी गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend